जनता बैंक र प्रुडेन्सिएल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, ग्राहकलाई सहज हुने

बिजमाण्डू
२०७५ असार २५ गते १५:४७ | Jul 9, 2018

काठमाडौं। जनता बैंक र प्रुडेन्सिएल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 
 
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले बैंकास्योन्स सम्झौतामा हस्ताक्षर गरेका छन्। 
 
सम्झौतापछि ग्राहकले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाबाट बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 
 
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखारहित बैंकिङ इकाई, २ सिमित बैंकिङ इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

Tata
GBIME
Nepal Life