हुन्डाइको नयाँ आर्इ-२० कार बजारमा, दुई भेरियन्टमा उपलब्ध, मूल्य ३३ लाख ९६ हजार रुपैयाँबाट सुरु

बिजमाण्डू
२०७५ असार ७ गते १०:२९ | Jun 21, 2018
हुन्डाइको नयाँ आर्इ-२० कार बजारमा, दुई भेरियन्टमा उपलब्ध, मूल्य ३३ लाख ९६ हजार रुपैयाँबाट सुरु



 
काठमाडौं। नेपालको लागि हुण्डार्इ आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै आर्इ-२० एक्टिभ फेसलिफ्ट २०१८ लञ्च गरेको छ। गत मे महिनामा भारतमा लञ्च भएको यो मोडेल नेपालको बजारमा बहुप्रतिक्षित थियो।
 
नयाँ हुण्डार्इ आर्इ-२० एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइन भएको कम्पनीको दावी छ। प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आर्इ-२० एक्टिभले झै ध्यानाकर्षण गर्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। 
 
सुरक्षाको मापदण्ड अनुरुप यसमा एबिएस र एअरब्यागस्को विशेषता छ। प्रिमियम फिचरको रुपमा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ। उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच भएको इन्फोटेन्मेन्ट सिस्टम छ। 
 
आर्इ-२० एक्टिभ फेसलिफ्ट बेस र एस गरी दुई भेरियन्टमा उपलब्ध  छ। बेसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ छ भने एसको ३७ लाख ९६ हजार रुपैयाँ छ।
 
सन् २००९ मा स्थापित भएदेखि लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको जनाएको छ। आजको दिनसम्म आइपुग्दा लक्ष्मी हुण्डार्इले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life