एनएमबी बैंकको एफपिओ बिक्यो, २ लाख १० हजार कित्तासम्मको आवेदन, संस्थागत लगानीकर्ताले उठाए






काठमाडौं। एनएमबी बैंक निष्काशन गरेको एफपिओ अन्तिम दिनसम्ममा बिक्री भएको छ। बैंकले ३३३ रुपैयाँमा निष्काशन गरेको एफपिओमा विहीबार अन्तिम दिनसम्ममा ७० हजार ६६७ जना आवेदकले तीन अर्ब ९१ करोड रुपैयाँको आवेदन दिएका छन्। 
 
बैंकले एक करोड १४ लाख कित्ताको लागि जेठ ३० गतेदेखि बिक्री खुला गरेको थियो। यसभन्दा अगाडिको आवेदनमध्ये २ लाख ६५ हजार कित्ता अयोग्य भएको र विहीबार पनि केही अयोग्य हुन सक्ने हुँदा योग्य आवेदन रकम घट्न सक्ने लगानी व्यवस्थापक नागरिक लगानी कोषका लगानी उपप्रबन्धक रोशनजंग कार्कीले जानकारी दिए।
 
अयोग्य आवेदन घटाएर बाँकी रहने आवदेकले आवेदन दिए जति शेयर पाउन सक्ने देखिएको छ। पहिलो चरणमा शेयर बिक्री नभएपछि दोस्रो चरणमा नेपाल धितोपत्र पत्र बोर्डले संस्थागत लगानीकर्ताकहरुका लागि अधिकतम आवदेनको सीमा हटाएर बिक्री खुला गर्न निर्देशिका नै परिवर्तन गरेको थियो। 
 
बैंकले अधिकतम कित्ता ५७ हजार ७० कित्तासम्म मात्रै पाउने व्यवस्था गरेकोमा बोर्डको यस्तो निर्देशनले ६ वटा कम्पनीले एक लाख कित्ता भन्दा धेरैको लागि आवदेन दिएका छन्। जसमा चार वटा म्युचुअल फण्ड रहेका छन्। 
 
सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डले २ लाख १० हजार कित्ता, ग्लोबल सम्मुन्नत योजनाले एक लाख ५० हजार कित्ता, सिद्धार्थ ओरियन्टेड स्किमले एक लाख २० हजार कित्ता, सानिमा इक्वीटीले एक लाख कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एक लाख कित्ता र पशुपति आइरन एण्ड स्टिलले एक लाख कित्ताको लागि आवदेन दिएका छन्। पहिलो चरणमा बिक्री नभएपछि ढिलोमा बिहीबारसम्म बिक्री गर्न पाउने व्यवस्था अनुसार संस्थागत लगानीकर्ताले बैंकको अधिकांश शेयर खरिद गरेका छन्। 
 
बैंकले एफपिओ निष्काशन गर्दै गर्दा दोस्रो बजारमा शेयरको मूल्य घट्न थालेपछि आवेदन पर्न नसकेको हो। प्राथमिक शेयर नै बिक्न छाडेपछि धितोपत्र बोर्डले समय सापेक्ष निर्णय गर्दै प्राथमिक शेयर बिक्री हुने वातावरण तयार पारेको थियो। 
 
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउन एफपिओ र बोनस शेयरको बाटो अवलम्बन गर्दा समयमा पुँजी जुटाउन सकेन। बुधबार बैंकले एफपिओ आवेदन दिनेलार्इ पनि १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।


Share this Story

   

एनएमबी बैंकको एफपिओ बिक्यो, २ लाख १० हजार कित्तासम्मको आवेदन, संस्थागत लगानीकर्ताले उठाए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.