एनआईसी एसिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासी नगरपालिकामा, शाखा संख्या २२५ पुग्यो

बिजमाण्डू
२०७५ जेठ ३१ गते १५:३३ | Jun 14, 2018


 
काठमाडौं। एनआईसी एसिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासी नगरपालिकामा स्थापना भएको छ।
 
सर्लाहीमा स्थापना गरेको कबिलासी शाखाको एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले उद्‍घाटन गरेका छन्।
 
बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर र ९ वटा शाखारहित बैंकिङ् ईकाई मार्फत सेवा दिदै आएको छ।
 
बैंकको वासलातको आकार १६६ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगेको छ।
 
बैंकले करिब ११८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै नीजि क्षेत्रका बैंक मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको बैंकले जारि गरेको विज्ञप्तीमा उल्लेख छ।
 
सबै स्थानीय निकायमा बैंकका शाखा पुर्‍याउने सरकारी निर्णय अनुसारनै बैंकले अरु स्थानीय तहमा पनि शाखा खोल्ने तयारी गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life