भिएलएनका अध्यक्ष श्रेष्ठ विरुद्ध ठगीको अर्को पनि उजुरी, काठमाडौंबाट छुटे ललितपुरबाट पक्रिने




काठमाडौ। भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा पनि ठगीको उजुरी परेको छ। 
 
अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिने बित्तिकै फेरि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिइने छ। परिसर ललितपुरले काठमाडौंको मुद्दा सकिने बित्तिकै ललितपुर प्रहरीलाई बुझाउन पत्र काटेको छ।
 
वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणको नाममा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको विगोसहित मुद्दा दर्ता गराएको हो। मंगलबार अदालतमा श्रेष्ठको थुन्छेक बहस भइरहेको छ।

अदालतले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश दिए पनि १० करोड रुपैयाँ भन्दा बढी धरौटी बुझाउनु पर्ने देखिन्छ।
 
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिए ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो।
 
प्रहरीले नियन्त्रणमा लिएकामध्ये जिल्ला अदालतबाट ठगी अभियोगमा ३४ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान गरेको थियो।


Share this Story

   

भिएलएनका अध्यक्ष श्रेष्ठ विरुद्ध ठगीको अर्को पनि उजुरी, काठमाडौंबाट छुटे ललितपुरबाट पक्रिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.