अबदेखि बार्षिक रुपमा वाणिज्य बैंकहरुको क्रेडिट रेटिङ गर्नुपर्ने, कर्जा दिँदा यस्तो छ ब्यबस्था

बिजमाण्डू
२०७५ असार २७ गते १५:५१ | Jul 11, 2018

काठमाडौं। आगामी आर्थिक वर्ष २०७५/७६ देखि वार्षिक रुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ गर्नुपर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा वा कर्जा नवीकरण गर्दा सो संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने व्यवस्था पनि गरिने भएको छ।