ब्रोकर कार्यालय भयो सुनसान, शेयर बजार बढ्दा भित्रिएका महिला लगानीकर्ता आउन छाडे

बिजमाण्डू
२०७६ असोज ५ गते ०९:३९ | Sep 22, 2019
ब्रोकर कार्यालय भयो सुनसान, शेयर बजार बढ्दा भित्रिएका महिला लगानीकर्ता आउन छाडे


Tata
GBIME
Nepal Life

काठमाडौँ। एक वर्षअघि सम्म ब्रोकर कार्यालयको प्रत्यक्ष कारोबार हेर्ने 'डिस्प्ले कक्ष'को पहिलो लहरमा महिला लगानीकर्ताको खचाखच हुने गर्थ्यो।

कारोबार कक्षको पहिलो र दोस्रो लहरमा महिलानै हुन्थ्यो।तर अहिले ब्रोकर कार्यालयमा महिला भेट्न कठिन हुन्छ। शेयर बजार उकालो लाग्दा भित्रिएका महिला लगानीकर्ता घट्न थालेपछि बजारमा आउन छाडेका हुन्। बचत गरेको केही रकम शेयरमा लगाए तर उल्टै बजार घटेर नोक्सानी भएपछि उनीहरु बजारबाट वाहिरिएका हुन्।अहिले महिला लगानीकर्ताको संख्या अत्यन्तै न्यून छ।

अहिले ब्रोकर कार्यालयमा महिला मात्रै होइन पुरुष लगानीकर्ताको भने संख्या न्यून छ।शेयर बजार बढ्दा खुट्टा राख्ने पनि ठाउँ नहुने ब्रोकर कार्यालय अहिले सुनसान छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुधार आउन नसकेपछि लगानीकर्ता बजारमै आउन चाहँदैनन्।

पुतलीसडकस्थित मिडास सेक्युरिटिजमा शेयर बजार उकालो लाग्दा लगानीकर्ताको उपस्थिति निकै बढी हुन्थ्यो। तर पछिल्लो समय उनीहरूको उपस्थिती निकै कम छ।बजार घटेको बेलामा लगानीकर्ताको कम हुने र बढेको बेला धेरै हुने गरेको मिडासका अपरेसन म्यानेजर निरज महर्जनले जानकारी दिए। पछिल्लो केही महिनादेखि बजार लगातार घट्दो क्रममा रहेकाले लगानीकर्ताको उपस्थिती कम हुँदै गएको उनी बताउँछन्।

मिडास मात्रै होइन लगानीकर्ताको उपस्थिती हातिसारस्थित कोहिनुर सेक्यूरिटी समेत कम हुन थालेको छ।बजार बढेको बेला दैनिक भरिभराउ हुने डिस्प्ले कक्षमा पछिल्ला केही दिनदेखि लगानीकर्ताको उपस्थिति निकै कम छ। बजार घटेको बेलामा लगानीकर्ताको उपस्थिती कम हुने गरेको ब्रोकर कार्यालयका सञ्चालक भरत रानाभाटले बताए।

'शेयर बजार सुस्त हुँदा लगानीकर्ताको सङ्ख्या घटेको हो'रानाभाटले भने।बजार घट्दै जाँदा शेयरको मूल्य समेत घट्दै जाने गर्छ। मूल्य घट्दै गएपछि लगानीकर्ताको उपस्थिती पातलिँदै जाने गरेको रानाभाटको भनाइ छ।लगानीकर्ता कम हुनुमा अनलाइन कारोबारले समेत थोरै सघाएको उनको भनाइ छ। 'केही लगानीकर्ताले घरबाटै शेयर कारोबार गर्ने गरेकोले उपस्थिती कम भएको हो। तर लगानीकर्ताको उपस्थिती कम हुनमा कारोबारलेनै बढी सघाएको छ,’उनले भने। दैनिक कारोबार रकम घटेकोलेनै लगानीकर्ताकम हुने गरेको उनले बताए।

काठमाडौंको प्रज्ञान सेक्युरिटी समेत लगानीकर्ता कम देखिन्छन्। दैनिक कारोबारकालागि आउने लगानीकर्ता घटेका छन्। नियमित कारोबारमा आउने केही लगानीकर्ता बजार बाटै बाहिरिएकाले उनीहरूको उपस्थिती कम भएको हो।

दैनिक कारोबारमा आउने लगानीकर्ताले समेत कारोबार रकममा फरक पार्ने गर्छ। ब्रोकर कार्यालयमा लगानीकर्ता बढी आएमा कारोबार पनि बढ्ने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।दुई महिनाको नेप्सेमा भएको कारोबारलाई हेर्दा पनि त्यही देखिन्छ।

गएको दुई महिनामा बजार बजार ६७ अंकले घटेको छ।जुलाई महिनामा १२६३ अंकबाट सुरु भएको बजार सेप्टेम्बर एक मा ५८ अङ्क खुम्चदै सूचक ११८४ अंकमा ओर्लिएको छ। गत फागुन देखिनै बजार घट्दो अवस्थामा देखिएको हो। दुई महिनामा दैनिक औसत कारोबार रकम समेत घट्दै गएको छ।

गत अगस्ट महिनाभरि नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा सात अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यो महिनाको औसत दैनिक कारोबार रकम ३५ करोड १८ लाख रुपैयाँ रहेको छ।

अघिल्लो महिनाको तुलनामा १० करोड रुपैयाँले औसत कारोबार रकम घटेको छ।जुलाईमा १० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। त्यो आधारमा अघिल्लो महिनाको औसत कारोबार रकम ४५ करोड ६० लाख रुपैयाँ छ।