साप्ताहिक शेयर: अर्थमन्त्रीको अभिव्यक्तिले बजारमा दुई दिन उछाल, शिवमको सर्वाधिक कारोबार

बिजमाण्डू
२०७६ असोज ४ गते १०:३४ | Sep 21, 2019
साप्ताहिक शेयर: अर्थमन्त्रीको अभिव्यक्तिले बजारमा दुई दिन उछाल, शिवमको सर्वाधिक कारोबार

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल स्टक एक्सचेन्जमा यो साता शेयर बजारमा कारोबार रकममा सुधार देखिएपनि सूचक भने झिनो अंकले घटेको छ।

यो साता एक अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।साताभरिमा ६५ लाख ८७ हजार कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ। यो कारोबार गत साताको तुलनामा २१ .३ प्रतिशतले बढी हो। जबकी गत साता ६६ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। जुन अघिल्लो साताको तुलनामा १९.६६ प्रतिशतले कम थियो।

शेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको अर्थमन्त्रीको अभिव्यक्तिले शेयर बजारमा उछाल आउँदा कारोबार रकम बढेको हो।अर्थमन्त्रीले कर्मचारी सञ्चय कोषको कार्यक्रममा नेपाल सरकार तथा निजी क्षेत्रबाट संचालित कोषले शेयर बजारमा लगानी गर्नुपर्ने बताएका थिए।सोही कारण बजार बढ्दा कारोबार रकम समेत बढेको थियो।

साताको मंगलबार र बुधवार शेयर बजारमा दोहोरो अंकको उछाल आएको भएपनि साताको सुरुवात र अन्तमा बजार घट्दा शेयर मापक सूचक भने बढ्न सकेन। साप्ताहिक कारोबारमा नेप्से सूचक ०.२२ प्रतिशतले घटेको छ।यस साता कारोबार मापक सूचक ११५५.३ अंकमा ओर्लिएको छ।गत साता सूचक २.७९ प्रतिशतले घटेको थियो।

यस साता सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा शिवम सिमेन्ट परेको छ। उसको मात्रै १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। कारोबार रकमकै आधारमा सिद्धार्थ बैक दोस्रो भएको छ। उसको ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

S.N.

Name of the Security

Symbol

Amount Traded (Rs. In Million)

1

SHIVAM CEMENTS LTD

SHIVM

154.37

2

Siddhartha Bank Limited

SBL

116.56

3

Nepal Bank Limited

NBL

108.62

4

Nepal Life Insurance Co. Ltd.

NLIC

95.01

5

Prabhu  Bank Limited

PRVU

68.86

6

Agriculture Development Bank Limited

ADBL

48.18

7

RASUWAGADHI HYDROPOWER COMPANY LIMITED

RHPL

46.34

8

Sanima Bank Limited

SANIMA

46.21

9

Citizen Investment Trust

CIT

40.73

10

NIC Asia Bank Ltd.

NICA

40.57

 

यस साता कुल बजार पूँजीकरण १४ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ।कुल बजार पूँजीकरणको हिसाबले नेपाल दुर सञ्चार कम्पनी सबैभन्दा अघि रहेको छ।उसको कुल बजार पूँजीकरणमा ९२ अर्ब ५५ करोड रुपैयाँ बराबरको भुमिका रहेको छ। दोस्रो भुमिका नबिल बैकको रहेको छ। उसको भुमिका ६९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

Top 10 Securities by Market Capitalization

( 15-Sep-2019 To 20-Sep-2019 )

S.N.

Security Name

Symbol

Capitalization (Rs. In Million)

1

Nepal Doorsanchar Comapany Limited

NTC

92550

2

Nabil Bank Limited

NABIL

69336.96

3

Nepal Investment Bank Limited

NIB

57012.99

4

Everest Bank Limited

EBL

46154.47

5

Standard Chartered Bank Limited

SCB

44864.01

6

Himalayan Bank Limited

HBL

43197.7

7

Nepal Life Insurance Co. Ltd.

NLIC

42100.59

8

NIC Asia Bank Ltd.

NICA

37607.31

9

Agriculture Development Bank Limited

ADBL

37234.13

10

NMB Bank Limited

NMB

36741.38

  

यस साता दुई कम्पनीको शेयर सूचीकृत भएका छन्। रिलायन्स फाइनान्सको बोनस शेयर र एभरेस्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएका हुन्। पछिल्लो समय सूचीकृत भएको शेयर सँगै अब नेप्सेमा सूचीकृत शेयरको संख्या चार अर्ब ३७ करोड कित्ता पुगेको छ।