सार्वजनिक निष्काशनमा कमी आएपछि मर्चेन्ट बैंक पोर्टफोलियो म्यानेजमेन्टमा, ४ अर्ब व्यवस्थापन

बिजमाण्डू
२०७६ असोज ४ गते १०:०० | Sep 21, 2019
सार्वजनिक निष्काशनमा कमी आएपछि मर्चेन्ट बैंक पोर्टफोलियो म्यानेजमेन्टमा, ४ अर्ब व्यवस्थापन

Tata
GBIME
Nepal Life

काठमाडौं। सार्वजनिक निष्काशनमा मात्रै केन्द्रित रहेका मर्चेन्ट बैंकहरु पोर्टफोलियो म्यानेजमेन्टमा केन्द्रित हुन थालेका छन्। गत आर्थिक वर्षमा २३ वटा मर्चेन्ट बैंक तथा पोर्टफेलियो म्यानेजरले चार अर्ब १२ करोड रुपैयाँको पोर्टफेलियो व्यवस्थापन गरेका छन्।

दोस्रो बजार लगातार घटेपनि कतिपय लगानीकर्ताहरुले मर्चेन्ट बैंकहरुलाई नै व्यवस्थापन दिइरहेका छन्। गत वर्ष १५ सय ४७ जनाले आफ्नो पोर्टफोलियो मर्चेन्ट बैंकहरुलाई सुम्पेका हुन्। त्यस्तै २१ वटा संस्थाहरुले मर्चेन्ट बैंकलाई पोर्टफेलियो सुम्पेका छन्।

पोर्टफोलियो व्यवस्थापकहरुले स्वेच्छिक ‘डिस्क्रिशनरी’ र गैर स्वेच्छिक ‘नन डिस्क्रशनरी’ सेवा दिने गरेका छन्। अन्तर्राष्ट्रिय अभ्यासमा लगानी व्यवस्थापकहरुले प्रतिफलमा सुनिश्चितता सहित सेवा प्रदान गर्ने गरेको पाइन्छ। तर नेपालमा यस्तो सेवाको अभ्यास छैन।

लगानी व्यवस्थापनका लागि धेरै किसिमका लगानीकर्ता आउने गरेको नविल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख संचालन अधिकृत सचिन्द्र ढुङ्गानाले जानकारी दिए। सरकारी सेवाबाट अवकास कर्मचारीहरु यस्तो सेवाका लागि धेरै आउने गरेको उनले बताए।

लगानी व्यवस्थापन गर्न नभ्याउने ठूला लगानीकर्ताको रोजाइमा पनि पोर्टफोलियो म्यानेजर पर्ने गरेको पाइन्छ। भौतिक रुपमा शेयर खरिद गरेर राखेका तर कारोबार कसरी गर्ने थाहा नभएका लगानीकर्ताहरुले मर्चेन्ट बैंकहरुलाई रोज्ने गरेको छन्। उनीहरुले भौतिक प्रमाणपत्रलाई अभौतिकरण गर्ने, लाभांस संकलन गर्न मात्रै व्यवस्थापकमा पुग्छन्।

लगानी व्यवस्थापन गरे वापत उनीहरुले निश्चित शुल्क लिन्छन्। यो शुल्क फरक/फरक छ। लगानीकर्ताले ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म लिने गरेको पाइन्छ। कतिपय मर्चेन्ट बैंकहरुले लगानी व्यवस्थापनका विभिन्न स्कीम ल्याउने गरेका छन्। लगानी व्यवस्थापनको लागि निजी तथा पब्लिक कम्पनीहरुले मर्चेन्ट बैंकहरुलाई ऋणपत्रको समेत व्यवस्थापन गर्न दिन्छन्। यस्ता संस्थाले पोर्टफोलियो व्यवस्थानका लागि छुट्टै कर्मचारी खटाउनु भन्दा मर्चेन्ट बैंकहरुलाई नै जिम्मा दिने गर्छन्।

शेयर बजारमा लगानी गर्दा कमाउने र गुमाउने सम्भावना बराबरी जस्तै हुन्छ। बजारलाई नबुझेका लगानीकर्ताहरुले विज पूँजी नै गुमाउनु पर्ने अवस्था पनि आउँछ। शेयर बजारको विषयमा विज्ञताको कमि भएका लगानीकर्ताहरुले आफ्नो लगानी डुब्न नदिन यस्ता संस्थाहरुमा लगानी गर्न दिन्छन्।

लगानी व्यवस्थापकहरुले स्वेच्छिक ‘डिस्क्रिशनरी’ र गैर स्वेच्छिक ‘नन डिस्क्रशनरी’ सेवा दिए पनि अधिकांस लगानीकर्ताहरुले व्यवस्थापकलाई सम्पूर्ण अधिकार दिएका हुन्छन्। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार १४०१ लगानीकर्ताहरुले सम्पूर्ण अधिकार लगानी व्यवस्थापकलाई सुम्पेका थिए। त्यस्तै १४७ जना लगानीकर्ताहरु आफैले लगानी व्यवस्थापकलाई निर्देशन दिने गरेको पाइन्छ।

लगानी व्यवस्थापन गर्नु अगाडि व्यवस्थापकले लगानीकर्ताहरुको अपेक्षा बुझ्छन्। उनीहरुको अपेक्षा अनुसार केही सल्लाह दिएर मात्रै जिम्मा लिने गरेका छन्। लगानीकर्ताहरुले जिम्मा लगाए पछि व्यवस्थापकहरुले आफ्नै हिसावले लगातार कारोबार गर्छन्।

व्यवस्थापकले वर्षभरी कारोबार गरेपछि लगानीकर्ताहरुलाई रिपोर्ट बुझाउँछन्। आर्थिक वर्षको सुरुवातमा गरेको लगानी र अन्तिम समयमा दोस्रो बजारबाट कायम मूल्यका आधारमा नाफा/नोक्सान निकालेर लगानीकर्तालाई दिने गरिन्छ।

पोर्टफोलियो म्यानेजरले गत आर्थिक वर्षमा गरेको लगानी विवरण

मर्चेन्ट बैंक (रुपैयाँमा)

व्यक्तीगत

संस्थागत

जम्मा

ग्राहक संख्या

रकम

ग्राहक संख्या

रकम

जम्मा संख्या

रकम

ग्लोबल आईएमई क्यापिटल

13

21221348

0

0

13

21221348

सिभिल क्यापिटल

101

372980041

0

0

101

372980041

प्रभु क्यापिटल

1

2000000

0

0

1

2000000

नविल इन्भेष्टमेन्ट बैंकिङ

384

1077678717

3

39564454

387

1117243171

भिभोर क्यापिटल

1

2988603

 

0

1

2988603

एनएमबी क्यापिटल

20

48188526

1

10760684

21

58949210

सनराइज क्यापिटल

74

114780364

1

25000000

75

139780364

लक्ष्मी क्यापिटल

86

96832195

1

1500000

87

98332195

एनआईविएल एस क्यापिटल

169

368646218

7

243067624

176

611713842

कृति क्यापिटल

147

493229551

5

163546200

152

656775751

समृद्धि क्यापिटल

11

18952036

1

30277450

12

49229486

नेशनल मर्चेन्ट

173

333187555

0

0

173

333187555

सिद्धार्थ क्यापिटल

17

40523780

0

0

17

40523780

प्रोभिडेन्ट मर्चेन्ट

45

30959871

2

800000

47

31759871

सिविआइएल क्यापिटल

74

141705193

1

1800000

75

143505193

सानिमा क्यापिटिल

50

139021964

0

0

50

139021964

नेपाल एसबिआई मर्चेन्ट

6

8257241

0

0

6

8257241

आरविवि मर्चेन्ट

1

300000

0

0

1

300000

आकास क्यापिटल

6

11321689

1

3000000

7

14321689

वेल्थ म्यानेजमेन्ट

8

4900000

0

0

8

4900000

आर्कस् क्यापिटल एड्भाइजर

66

98263871

0

0

66

98263871

केसिएल अस्तुते

69

75162881

1

60308449

70

135471330

मेगा क्यापिटल

25

45164188

0

0

25

45164188

जम्मा

1547

3546265832

21

579624861

1571

4125890693