नेशनल माइक्रो फाइनान्सको बम्पर बोनस शेयर, ८०% लाभांस, उन्नतिले पनि दिने भयो ४०% लाभांस

बिजमाण्डू
२०७६ असोज २ गते १३:२५ | Sep 19, 2019
नेशनल माइक्रो फाइनान्सको बम्पर बोनस शेयर, ८०% लाभांस, उन्नतिले पनि दिने भयो ४०% लाभांस



काठमाडौँ। नेशनल माइक्रो फाइनान्स र उन्नति लघुबित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। 

Tata
GBIME
Nepal Life

नेशनलले ७५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। संस्थाले प्रत्येक वर्ष लाभांश बढाउँदै लगेको छ। गत वर्ष संस्थाले ४० प्रतिशत लाभांश दिएको थियो भने अघिल्लो वर्ष उसको लाभांश दर ३५ प्रतिशत रहेको थियो। 

हाल संस्थाको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड रुपैयाँ छ। गत वर्ष संस्थाले १३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो। धादिङ्मा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ५० शाखा छन्। ८७ रुपैयाँ १२ पैसा प्रति शेयर आम्दानी रहेको संस्थाको प्रति शेयर नेटवर्थ २५९.८६ रहेको छ।   

यसैगरी उन्नति लघुबित्त वित्तीय संस्थाले ४०.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा संस्थाले ३८.६० प्रतिशत बोनश र यसमा लाग्ने कर प्रयोजन सहितको लागि २.०३ प्रतिशत नगद लाभांश दिने भएको छ। 

गत वर्ष संस्थाले ४२.६३ प्रतिशत लाभांश दिएको थियो। संस्थाको गत वर्षको चौमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी आठ करोड ८२ लाख रुपैयाँ रहेको छ। उसले ६ करोड ११ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ।