नागरिक लगानी कोषले पिपिपी मोडेलमा परियोजनामा लगानी गर्ने, स्टक डिलरको काम पनि गर्ने

बिजमाण्डू
२०७६ भदौ ३० गते १८:२५ | Sep 16, 2019
नागरिक लगानी कोषले पिपिपी मोडेलमा परियोजनामा लगानी गर्ने, स्टक डिलरको काम पनि गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक लगानी कोषले लगानीको पोर्टफोलियो व्यवस्थापन गर्न विभिन्न संस्थाहरुसँग सहकार्य गरी परियोजनाहरुमा लगानी गर्ने भएको छ। कोषले सार्वजनिक निजी साझेदारी मोडेलमार्फत परियोजनामा लगानी गर्ने छ।

कोषका अध्यक्ष रामचन्द्र भट्टराईले २४औं बार्षिक साधारणसभाका अवशरमा संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरुको शेयर, डिवेन्चर र बण्डमा लगानी गर्ने पनि बताए। पुँजी बजारसँग सम्बन्धित स्टक डिलर जस्ता कार्य गर्ने रणनीति अख्तियार गरिएको उनले जानकारी दिए।

कोषद्वारा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने योजना उनले सुनाए। वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई लक्षित गरी एकांक योजना तथा अन्य उपयुक्त बचत कार्यक्रमहरु संचालन गरिने उनले बताए। 

उनले पूँजी बजारलाई गतिशिल बनाउन बजार निर्माता÷स्टक डिलरको रुपमा कार्य गर्ने संस्था स्थापना वा संचालन गर्ने र पुँजी व्यवस्थापन गर्न सकिने सम्भावनाहरु रहेको बताए। कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा लगानी गरिने बताए।