ड्युटी पेड शपको सामान लिलामी भएन, संचालक सर्वोच्चमा मुद्दा हाल्ने, विमानस्थलको सम्पर्कमा नजाने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ भदौ ३० गते ११:४२ | Sep 16, 2019
ड्युटी पेड शपको सामान लिलामी भएन, संचालक सर्वोच्चमा मुद्दा हाल्ने, विमानस्थलको सम्पर्कमा नजाने

Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको युनिभर्सल सप्लाई एजेन्सी तथा ग्रीनलाइन इन्टरनेशनलको ड्युटी पेड शपमा रहेका सामान लिलामी नभएपछि एक साता समय थपिएको छ।

विमानस्थलले गत तीन गते कम्पनीको ब्राण्डेड मदिरा, काठ तथा स्टील फर्निचरको टेण्डरमा कसैले पनि आवेदन नहालेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

कम्पनीका संचालक प्रमोदशम्शेर जबरा विमानस्थल व्यवस्थापनको सम्पर्कमा नआएको उनले बताए।उनका अनुसार कम्पनीले सर्वोच्चमा मुद्दा दर्ता गरेको छ। राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका नजिकका नातेदार हुन्। यो कम्पनीले ड्युटी फ्री शप संचालन गर्दा मनग्ये कमाएको थियो। तात्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नौ वर्ष अघि विमानस्थलमा ड्यूटी फ्री शपमा रोक लगाएपछि राणाले ड्यूटी पेड संचालनमा ल्याएका थिए।

'हामीले कम्पनीलाई पटक पटक पत्राचार गर्‍यौँ। तर संचालकले पैसा नतिर्ने लक्षण देखिएपछि पसल बन्द गरिदिएका थियौँ। उहाँहरुले सर्वोच्चमा मुद्दा दायर गरे। विमानस्थलले दुई चरणको मुद्धा जितिसकेको छ। हामीले तीन पुस्ते समावेश गरी पत्रिकामा पसलनै जफत गर्ने सुचना निकाल्दा पनि सम्पर्कमा आएनन्।' क्षेत्रीले बिजमाण्डूसँग भने।

क्षेत्रीका अनुसार कम्पनीले भाडावापत शूल्क र विलम्ब शुल्कसहित आठ करोड रुपैयाँ भन्दा बढी तिर्न बाँकी छ।'हामीले सरकारी नियम अनुसार असुलउपर गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ। अध्यागमन, भन्सार लगायत सम्वन्धित निकायबाट जनशक्ति ल्याएर सामानको मूल्यांकन गरेका थियौं। ती सामानहरु सुरक्षित छन्। तर इच्छुक आवेदक आएनन्। हामीले फेरी टेण्डर आह्वान म्याद थप गरेका छौँ।' क्षेत्रीले भने।