नेप्स नेटवर्कको कार्ड चल्ने अझै टुङ्गो छैन, सुरक्षित बैंकले ‘ढुक्क हुनुस्’ भन्दै आश्वस्त पार्दै

बिजमाण्डू
२०७६ भदौ २७ गते १०:४९ | Sep 13, 2019
नेप्स नेटवर्कको कार्ड चल्ने अझै टुङ्गो छैन, सुरक्षित बैंकले ‘ढुक्क हुनुस्’ भन्दै आश्वस्त पार्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले आफ्नो हार्डवेयर परिवर्तन गर्न अझै केही समय लाग्ने जनाएको छ।

चिनियाँ ह्याकरले नेप्सको सञ्जालमा आबद्ध रहेका बैंकहरुको कार्ड प्रयोग गरेर एटिएम बुथबाट पैसा लुटेका थिए। त्यसपछि नेप्सको भिजा नेटवर्क हुँदै उपलब्ध हुने सेवा बन्द गरेको छ।

अहिले नेप्सको सञ्जालभित्र पनि कार्ड चलिरहेको छैन। जुन बैंकको कार्ड हो, त्यही बैंकको एटिएम बुथमा मात्रै कार्ड चल्छ। नेप्सले सुचना जारी गर्दै आफ्नो प्रणाली सुरक्षित गर्नका लागि हार्डवेयर परिवर्तन गर्ने काम भइरहेको जनाएको छ।

अहिले भारतबाहेक तेस्रो मुलुकमा कार्ड प्रयोग गर्ने ग्राहकले राष्ट्र बैंकले दिएको विकल्प प्रयोग गर्न नेप्सेल सुझाब दिएको छ। नेप्सले हार्डवेय परिवर्तन गर्ने काम कहिले सकिन्छ भनेर खुलाएको छैन।

यता नेप्स नेटवर्कको कार्ड नचलेपछि सर्वसाधारण अप्ठेरोमा परेका छन्। यहीबेला केही बैंकले आफ्नो नेटवर्कको कार्ड सुरक्षित र जहाँपनि चल्ने भन्दै सर्वसाधारणलाई आश्वस्थ पार्न खोजेका छन्।

नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकले विज्ञापन नै गरेर आफ्नो कार्ड सुरक्षित रहेको भन्दै नआत्तिन सर्वसाधारणसँग अपिल गरेका छन्।