राष्ट्र बैंकले २० र ५० दरका नयाँ नोट बिहीबारबाट बजारमा पठायो, यस्तो हुने छ संकेत नम्बर

बिजमाण्डू
२०७६ भदौ २६ गते १३:११ | Sep 12, 2019
राष्ट्र बैंकले २० र ५० दरका नयाँ नोट बिहीबारबाट बजारमा पठायो, यस्तो हुने छ संकेत नम्बर


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० र ५० रुपैयाँ दरका नयाँ नोट आजबाट बजारमा पठाएको छ।

केन्द्रीय बैंकले २० रुपैयाँ दरका नोटको अग्रभागमा 'वि.स. २०७२' अंकित तथा नोटको पृष्ठभागमा '२०१६ A.D.' अंकित नोट बजारमा पठाएको हो।

२० दरका नोटको  सङ्केत नम्बर ञ/४१०००००१ देखि ञ/४१९९९९९९ हुने छ। 

५० रुपैयाँ दरका नोटको सिरिज नम्बर 'वि.स. २०७२' अंकित हुने छ। यो अगाडिको भागमा हुने छ। पछाडिको भागमा '2015 A.D.' हुने छ। 

नयाँ दरका नोटको सङकेत नम्बर ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ। 

दसैंतिहारका मुखमा साना दरका नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकले बेलैमा नयाँ नोट बजारमा प्रचलनमा ल्याएको हो। तीन बर्षअघि बेलैमा प्रचलनमा नल्याँदा नोटको सामान्य अभाव देखिएको थियो।