दुई दिनदेखि सुन बजार स्थिर, तोलाको ७१ हजार रुपैयाँमा कारोबार, चाँदी भने १० रुपैयाँले बढ्यो




बिजमाण्डू। पहेंलो धातु सुनको मूल्य दुई दिनदेखि स्थिर छ। बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

सुनमा मंगलबारकै मूल्य बुधबार  कायम रहेपनि चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आठ सय ८० रुपैयाँमा उक्लिएको छ।

Tata
Swostik Collage

मंगलबार प्रतितोला चाँदी आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

गत भदौ १८ गते सर्वाधिक महँगिएको सुन प्रतितोला  ७३ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो। त्यसयता सुनमा प्रतितोला २५ सय रुपैयाँ सस्तिएको छ।

हाल सुनको भाउ केही घटेपनि बजारमा माग  बढेको छैन। चाडबाडको मौसममा सुनको भाउ लगातार बढेपछि उपभोक्ताको रुची सुन बजारबाट हटेको छ।

 


Share this Story

   

दुई दिनदेखि सुन बजार स्थिर, तोलाको ७१ हजार रुपैयाँमा कारोबार, चाँदी भने १० रुपैयाँले बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.