एप्पलले ल्यायो नयाँ आइफोनः तीनवटा फरक लेन्ससहितका क्यामेराहरु, यस्ता छन् विशेषता

बिजमाण्डू
२०७६ भदौ २५ गते ०९:३७ | Sep 11, 2019

Tata
GBIME
Nepal Life

ख्यात स्मार्टफोन निर्माता कम्पनीले नयाँ आइफोन बजारमा ल्याएको छ। गत राति एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सिइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन्।

कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र ११ प्रो म्याक्स गरेर तीनवटा नयाँ फोन सार्वजनिक गरेको छ।

नयाँ आइफोनका साथमा नयाँ आइओएस पनि सार्वजनिक गरिएको छ। आइओएस १३ र ए १३ बायोनिक प्रयोग गरेर बनाइएको नयाँ आइफोन पहिलेका फोनको तुलनामा छिटो र छरितो रहेको कम्पनीको दाबी छ।

नयाँ आइफोनमा एप्पलले बिशेषगरी क्यामेरा र ब्याट्रीमा विशेष जोड दिएको छ। आइफोन ११ प्रो म्याक्सको ब्याट्री लाइफ यसअघिको एक्स एस म्याक्सको ब्याट्रीको तुलनामा ४ घण्टा बढी टिक्ने कम्पनीले जनाएको छ।

 के छन् नयाँ आइफोनका विशेषता?
आइफोन ११ मा डुअल क्यामेरा छन् भने आइफोन ११ प्रो र म्याक्स प्रोमा तीनवटा क्यामेरा राखिएको छ। जसमा वाइड क्यामेरा, अल्ट्रा वाइड क्यामेरा र टेलिफोटो लेन्स राखिएको छ।

त्यस्तै नयाँ आइफोनमा भिडियो र फोटो सम्पादनमा पनि उत्तिकै जोड दिइएको छ। भिडियो वा फोटोमा जुमको अलावा नयाँ प्रोमा भिडियो खिच्दा अडियो पनि जूम गर्न सकिने सुविधा दिइएको छ। यसले फरक फरक अडियोको लागि सहयोग पुग्नेछ।

नयाँ आइफोनको अर्को विशेषता भनेको पानीबाट बच्ने हो। आइफोन ११ प्रो र म्याक्स प्रो ४ मिटर गहिराइसम्म आधा घन्टासम्म डुब्दा यसमा पानी नपस्ने कम्पनीको दाबी छ। फोन टेबलमा राखेर काम गर्दा यसमा चिया, कफी वा पानी पोखिएमा अब आत्तिनु पर्दैन।

त्यस्तै नयाँ आइफोनमा सुपर रेटिना एक्सडिआर डिस्प्लेको प्रयोग गरिएको छ। त्यस्तै यसमा प्रयोग भएको सिपियुले फोनलाई पहिलाका फोनभन्दा ४० प्रतिशतसम्म छिटो बनाउने बताइएको छ। एप्पलले आइफोन ११ लाई अर्को जेनेरेशनको स्मार्टफोन भनेको छ।