महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग महेन्द्र रत्त स्कुललाई,  २ लाख ७५ हजार हस्तान्तरण

बिजमाण्डू
२०७६ भदौ २३ गते ११:२९ | Sep 9, 2019
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग महेन्द्र रत्त स्कुललाई,  २ लाख ७५ हजार हस्तान्तरण

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिर्तामोड शाखाले महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि आर्थिक सहयोग गरेको छ।

बैंकले २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य संजय गिरीलगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।