सन्तानलाई सम्पत्ति हस्तान्तरण कर: विनोद चौधरीले भने-‘सामाजिक चुनौति निम्तिन्छ’

बिजमाण्डू
२०७६ भदौ २२ गते १७:३७ | Sep 8, 2019
सन्तानलाई सम्पत्ति हस्तान्तरण कर: विनोद चौधरीले भने-‘सामाजिक चुनौति निम्तिन्छ’


Tata
GBIME
Nepal Life

काठमाडौं।उद्योगी एवं सांसद विनोद चौधरी पैतृक सम्पत्तिमा कर लगाएमा गम्भिर सामाजिक चुनौति निम्तिने बताएका छन्।

‘अहिले संचारमाध्यममा पैतृक सम्पत्तिमा कर लगाउने विषय वाहिर आएको छ।तर यो हल्ला मात्रै होला भन्ने मलाई लागेको छ’संसदमा बोल्दै उनले भने,’यदि यो कर कार्यान्वयनमा ल्याइयो भने गम्भिर विकृति निम्त्याउने निश्चित छ। यसले सामाजिक चुनौति जन्माउने निश्चित छ।’

पैतृक सम्पत्तिमा कर लगाउने बारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व बोर्डमा प्रस्ताव लैजाने बताएका थिए।केही दिन अघि नेपाल चेम्बर अफ कर्मशले आयोजना गरेको छलफल कार्यक्रममा पैतृक सम्पत्तिमा कर लगाउने बारेमा बहश वाहिर आएको स्वीकार गर्दै के कति लगाउने बारेमा भने टुंगो नलागेको जानकारी दिएका थिए।

सरकारले पैतृक सम्पत्तिमा कर लगाउने बहश वाहिर आएपछि कर्पोरेट क्षेत्र भने तरंगित छ।निजी क्षेत्रले पैतृक सम्पत्तिमा कर लगाउने बहशले लगानी निरुत्साहित हुने बताउँदै आएका थिए।उद्योगी चौधरीले यही मुद्दालाई संसदमा उठाएका हुन्। चौधरीले धान्नै नसकिने करले उद्योग क्षेत्र संकटमा परेको बताउँदै नयाँ कर पुनरावलोकन गर्न आग्रह गरे। ‘अर्थमन्त्रीज्यूलाई पैसा पुर्याउनका लागि नयाँ नयाँ प्रविधि र कर लगाउनुपर्ने बाध्यता छ,’उनले भने,’७५५ वटा स्थानीय निकायलाई डोजर र मोटर किन्न आवश्यक स्रोत जुटाउन अर्थमन्त्रीज्यूले नयाँनयाँ कर प्रयोग गर्नुपर्ने अवस्था छ।तर यो अवस्थाले उद्योगी व्यवसायी धान्नै नसक्ने अवस्थामा पुगिसकेका छन्।’

चौधरीले नेपाल करको दृष्ट्रिकोणबाट विश्वकै जिडिपीको तुलनामा सबैभन्दा बढी ३० प्रतिशत कर लाग्ने मुलुकमा चित्रण भएको बताउँदै यसले लगानी समेत निरुत्साहित भएको जिकिर गरे।उनले करलाई उत्पादनसँग जोड्न नसके मुलुकले तय गरेको योजना कागजमा सीमित हुने बताए।

‘तर करलाई उत्पादनसँग जोड्न सकेन र व्यापारलाई प्रतिस्पर्धी बनाउन सकेन भने। खासगरि भारत र चीन जस्ता लगभग खुला रुपमा वस्तु र सेवा आदान/प्रदान हुने भौगोलिक स्थितीको पृष्ठभूमीमा हामीले तय गरेका योजना कागजमा सीमित रहने निश्चित छ,’चौधरीले भने। उनले सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र खोल्ने विषय वारम्बार उद्घोष भएपनि अहिलेसम्म एउटा पनि नखुलेको बताए।

‘सातै वटा प्रदेश औद्योगिक क्षेत्र खोल्छौं भन्ने उद्घोष बारम्बार हुन्छ। अहिलेसम्म एउटा पनि खुलेको छैन।यो खोल्न कति प्रकृया लाग्ने हो टुंगो छैन,’उनले भने,’भैरहवामा विशेष आर्थिक क्षेत्र खुल्यो।तर त्यहाँ एउटा मात्रै उद्योग स्थापना भएको छ।अरु कोही पनि जान चाहँदैन भन्ने छापामा पढेको छ।गार्मेन्टमा प्रोसेसिङ जोनमा एउटा पनि आवेदन परेन्।’ उनले उद्योग संचालन गरेर नाफानै हुने नदेखेर विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना नभएको बताए।