मौसम परिवर्तनको प्रभावः खोला सुकेपछि २० जलविद्युत आयोजना बन्द हुने अवस्थामा

बिजमाण्डू
२०७६ भदौ १७ गते ११:१७ | Sep 3, 2019
मौसम परिवर्तनको प्रभावः खोला सुकेपछि २० जलविद्युत आयोजना बन्द हुने अवस्थामा


Tata
GBIME
Nepal Life

काठमाडौं। गत साता निजी क्षेत्रका २० जलविद्युत प्रवर्द्धकले आफ्ना जलविद्युत आयोजना लिलाम गरिदिन भन्दै ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाए।

उनीहरुले बुझाएको आयोजनाको सूचीमा एक मेगावाट भन्दा साना आयोजनादेखि १० मेगावाट सम्मकाजलविद्युत आयोजना छन्।

निजी क्षेत्रबाट अहिले सम्म ८१ वटा जलविद्युत आयोजना निर्माण भई ५६० मेगावाट विद्युत उत्पादन भइरहेको छ। तर अति समस्याग्रस्त आयोजनाको सूचीमा भने २० वटा जलविद्युत आयोजना देखा परेका छन्।

८१ जलविद्युत आयोजना मध्ये ११ वटा जलविद्युत आयोजना भने १० मेगावाट भन्दा ठूला छन्। जसको कुल क्षमता ३०० मेगावाट हुन्छ। बाँकी ७० वटा साना आयोजनाबाट २६० मेगावाट मात्रै विद्युत उत्पादन हुन्छ। ती मध्ये पनि २० वटा अति समस्याग्रस्त आयोजनाको उत्पादन क्षमता ७० मेगावाट मात्रै छ। बाँकी ५० वटा आयोजनाको १९० मेगावाट विद्युतमा भने तुलनात्मक रुपमा कम समस्या छ।

रुग्ण आयोजना संघर्ष समितिका अध्यक्ष सूर्य प्रसाद अधिकारी भने ७० मध्ये ६६ वटा आयोजनामा समस्या रहेको बताउँछन्। 'केही दिन अघि हाम्रो सम्पर्कमा आएका आयोजना मात्रै मन्त्रालयमा पठायौ।' अधिकारीले बिजमाण्डूसँग भने,'अहिले थप ५ वटा आयोजना थपिएका छन्। ७० मध्ये ६६ वटा आयोजनामै हाइड्रोलोजी(पानीको सतह घटबढ)को समस्या देखिएको छ। विस्तारै अरु आयोजना पनि यो आन्दोलनमा आउँछन्।'

खोलामा पानी सुकेपछि उत्पादन घट्यो
कुनै पनि आयोजना निर्माण गर्नुअघि प्रवर्द्धकले खोलामा बग्ने पानीको मात्रामा धेरै लामो अध्ययन गर्छन्। २५ देखि ३० वर्ष सम्म न्यूनतम उत्पादन हुने विद्युतको प्रक्षेपण आए मात्रै आयोजना अघि बढ्छ। सुरुवाती केही वर्ष प्रक्षेपण गरेअनुसारकै विद्युत उत्पादन भएपनि अहिले भने  मौसम परिवर्तनका कारण खोला सुक्न थालेका छन्।

प्रक्षेपण गरिएको विद्युत उत्पादन गर्न नसकेका कारण अहिले २० वटा आयोजनालाई प्राधिकरणले जरीवाना लगाइरहेको छ। जसका कारण थोरै विद्युत बेचेर आउने पैसा पनि प्राधिकरणलाई जरीवाना तिर्दै ठिक्क हुने गरेको छ।

आयोजनाको सञ्चालन, मर्मत सम्भार र कर्मचारी व्यवस्थापन गर्न पनि कठिन भएको प्रवर्द्धक बताउँछन्। बैंकको ब्याज र कर्मचारीलाई तलव खुवाउन नसक्दा प्रवर्द्धकहरु आत्महत्या गर्ने सम्मको सोचमा पुगेको एक प्रवर्द्धकले बताए।

आयोजना छनौट गलत वा मौसम परिवर्तनको प्रभाव?
साना जलविद्युत आयोजना निर्माण गर्दा आयोजनाको छनौट र अध्ययन नै गलत भएकोले ती आयोजना समस्यामा परेको विद्युत प्राधिकरणका उच्च अधिकारीहरुको भनाई छ। प्राधिकरण स्रोतका अनुसार ७० वटा साना जलविद्युत आयोजना मध्ये केही आयोजनाले राम्रै आम्दनी पनि गरिरहेका छन्। 

तर आयोजनाका प्रवर्द्धकहरु भने मौसम परिवर्तन र भूकम्पका कारण साना आयोजनामा बढी क्षतिभएको दावी गर्छन्। मौसम परिवर्तनले गर्दा खोलामा बग्ने पानीको सतहनै घटेको छ। थोरै पानी भएपछि बिजुली पनि थोरै उत्पादन हुनेनै भयो। 

भूकम्पपछि केही आयोजनाका खोलामा आउने पानीका मुहान सुकेका र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारणले आयोजना निर्माणमा ढिलाई भई लागत बढेको भैरबकुण्ड हाईड्रोपावरका प्रमुख कार्यकारी अधिकृत दिनेश पौड्याल बताउँछन्।

संघर्ष समितिका अध्यक्ष अधिकारी भने खोलामा पानीनै सुकेपछि अधिकांश आयोजना प्रभावित भएको बताउँछन्। प्राधिकरणलाई पेनाल्टी र बैंक तथा बित्तीय संस्थालाई तिर्नुपर्ने ब्याज बढेपछि आयोजनाले ५५ प्रतिशत मात्रै धानेको छ भने बाँकी ४५ प्रतिशत सावाँ ब्याज प्रवर्द्धकले घरखेत बेचेर तिरिरहेको अधिकारीको दावी छ।

कसरी लाग्छ पेनाल्टी?
आयोजनाको पिपिए गर्दा हरेक महिना कति विद्युत दिन सकिन्छ भनेर सुरुमै प्रक्षेपण गरिएको हुन्छ। सुरुमा प्रक्षेपण गरिएको विद्युत दिन नसकेमा प्राधिकरणले अपुग विद्युत बराबरको आयोजनालाई पेनाल्टी लगाउँछ। यदि असोज महिनामा आयोजनाले १० हजार युनिट विद्युत दिने प्रक्षेपण गरेको छ र उसले १० हजार युनिट दिन नसक्ने भएमा ३० दिन अघिनै प्राधिकरणलाई जानकारी दिनुपर्छ। 

उसले ३० दिन अघि दिएको जानकारी अनुसार पनि विद्युत दिन सकेन भने पिपिएमा प्रक्षेपण गरेको वा एक महिना अघि प्रक्षेपण गरेको विद्युत भन्दा कति युनिट कम हुन्छ त्यतीनै युनिटको विक्री मूल्यमा प्राधिकरणले पेनाल्टी लगाउँछ।

उदाहरणका लागि १० हजार युनिट विद्युत बेच्दा आयोजनाले ८४ हजार रुपैयाँ पाउँथ्यो। तर उसले ८ हजार युनिट मात्रै विद्युत दियो भने ६७ हजार २०० रुपैयाँ मात्रै हुन्छ। २ हजार युनिटको जरिवाना १६ हजार ८०० रुपैयाँ तिर्दा आयोजनाले ५० हजार ४०० रुपैयाँ मात्रै पाउँछ। कुनै कुनै महिना प्रक्षेपण गरेको विद्युत भन्दा ५० प्रतिशत सम्म कम विद्युत उत्पादन हुन्छ। त्यस्तो बेलामा आयोजनाले एक रुपैयाँ पनि पाउँदैन।

क्र स

आयोजनाको नाम

प्रवर्द्धक कम्पनी

क्षमता

जिल्ला

उत्पादन सुरु

चाकुखोला

एलाइन्स पावर नेपाल

सिन्धुपाल्चोक

२०६२ असार

बरमची खोला

युनिक हाइडेल

.

सिन्धुपाल्चोक

२०६३ पुस

थप्पल खोला

थप्पल खोला हाईड्रो पावर

.६५

धादिङ

२०६४ कात्तीक

माथिल्लो हाडी खोला

सेन्टर फर पावर डेभ एण्ड सर्भिसेस

.९९१

सिन्धुपाल्चोक

२०६६ कात्तीक

तल्लो पिलुवा

बानेश्वर हाईड्रोपावर

.९९०

संखुवाशभा

२०६८ साउन

हेवा खोला

बरुण हाईड्रोपावर

.४५५

संखुवाशभा

२०६८ साउन

सिउरी खोला

न्यादी ग्रुप

.९५

लमजुङ

२०६९ कात्तीक

सिप्रिङ खोला

सिनर्जी पावर डेभलोपमेन्ट

.६५८

दोलखा

२०६९ माघ

मध्य चाकु

लाफिङ बुद्ध पावर

.

सिन्धुपाल्चोक

२०६९ फागुन

१०

चर्नावतीखोला

नेपाल हाईड्रो डेभलोपर

.५२

दोलखा

२०७० जेठ

११

तल्लो चाकुखोला

लाफिङ बुद्ध पावर

.

सिन्धुपाल्चोक

२०७० साउन

१२

भैरव कुण्ड

भैरबकुण्ड हाईड्रोपावर

सिन्धुपाल्चोक

२०७१ जेठ

१३

दरम खोला ए

सयपत्री हाईड्रोपावर

.

बागलुङ

२०७३ असार

१४

झ्याडी खोला

इलेक्ट्रो कम एण्ड रिसर्च सेन्टर

सिन्धुपाल्चोक

२०७३ भदौ

१५

तुङगुङ थोस्ने

खानीखोला हाईड्रोपार

.३६

ललितपुर

२०७३ कात्तीक

१६

दरौदी खोला ए

दरौदी खोला हाईड्रोपावर

गोरखा

२०७३ मंसिर

१७

खानीखोला

खानीखोला हाईड्रोपावर

ललितपुर

२०७३ मंसिर

१८

फवाखोला

शिवानी हाईड्रोपावर

.९५

ताप्लेजुङ

२०७४ कात्तीक

१९

मोलुङ खोला

मोल?