सेञ्चुरी बैंकको ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’, १ लाखको औषधि र ७ लाखको दुर्घटना बीमा

बिजमाण्डू
२०७६ भदौ ५ गते १७:३० | Aug 22, 2019

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ।

खाता एक हजार रुपैयाँमा खोल्न सकिन्छ भने बार्षिक ब्याज साढे ६ प्रतिशत पाइने छ। बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ।

खाता खोल्नेले सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छ। 

बैंकले लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ।

बैंकले निस्शुल्क एसएमएस्, मोबाइल र ई बैंकिङ्ग, अन्तर शाखा कारोबार सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा दिने जनाएको छ। बैंकले सरल कर्जा प्रवाहा गरिदिने पनि जनाएको छ।