मन्त्रीपरिषदबाट पारित भयो बाफिया, बैंकर र ब्यवसायी छुट्याइने, सञ्चालक र सिइओको उमेर तोकिने

बिजमाण्डू
२०७६ भदौ ५ गते १७:१३ | Aug 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंक तथा वित्तीय संस्था सम्बहन्धि विधेयक मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ। अब अर्थमन्त्री डा. युवराज खतिवडाले बाफिया विधेयक संसदमा टेबुल गर्ने छन्।

नयाँ बाफिया आएको तीन बर्षमै फेरि संशोधन गर्न लागिएको हो। नयाँ बाफियामा बैंक र ब्यवसायी छुट्याउने प्रावधान राखिएको छ। अब निष्चित प्रतिशतभन्दा बढि शेयर भएका लगानीकर्ताहरुले बैंकबाट ऋण लिन पाउने छैनन्। यदि ऋण लिएमा उनीहरुले बैंकको सञ्चालक समिति छाड्नु पर्ने हुन्छ।

सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद पनि तोकिएको छ। प्रमुख कार्यकारीले ६५ र सञ्चालकले ७० बर्षभन्दा बढि बैंकमा काम गर्न नपाउने ब्यवस्था बाफियामा उल्लेख गरिएको छ।

बाफियामा बैंक तथा वित्तीय संस्थाहरुलाई संघीय संरचनामा लैजाने प्रावधानहरु समेटिएको छ।