सुनको मूल्य तोलाको ७१ हजार ३ सय रुपैयाँ, भाउ महँगिएपछि गहना किन्ने ग्राहकनै छैनन्

बिजमाण्डू
२०७६ भदौ ४ गते १२:२५ | Aug 21, 2019
सुनको मूल्य तोलाको ७१ हजार ३ सय रुपैयाँ, भाउ महँगिएपछि गहना किन्ने ग्राहकनै छैनन्

Tata
GBIME
Nepal Life

काठमाडौँ।सुनको भाउ बुधबार तोलामा तीन सय रुपैयाँ बढेको छ।चार दिन स्थिर रहेको सुनको भाउ बुधबार बढेको थियो।बुधबार सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ पुगेको छ।

चीन-अमेरिका व्यापार युद्धपछि सुनको भाउ लगातार उकालो लागिरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलाको ८ सय ३० रुपैयाँ कायम भएको छ।

सुनको भाउ उकालो लागेपछि किनबेच भने ठप्पजस्तै भएको छ।‘चाडपर्वका बेलामा पनि सुन किन्नेनै आउँदैनन्। पोहोरो सालको तीजमा सुनको कारोबार राम्रो भएको थियो।तर अहिले गहनानै बेच्न ल्याइरहेका छन्’ एक व्यवसायीले भने।