माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको सबै ऋणपत्र बिक्यो, ब्याज १०.२५ प्रतिशत, अवधि १० बर्ष

बिजमाण्डू
२०७६ भदौ ४ गते ११:३७ | Aug 21, 2019
माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको सबै ऋणपत्र बिक्यो, ब्याज १०.२५ प्रतिशत, अवधि १० बर्ष


Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। अन्तिम दिन मंगलबारसम्म सबै बिक्री भएको हो। 

बैंकले तीन अर्बको ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरेको थियो। सबै ऋणपत्र दोस्रो चरणमा बिक्री भएको हो। धितोपत्र निष्कासत तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार प्रति इकाइ एक हजार रुपैयाँ दरमा सर्वसाधारणको लागि १२ लाख कित्ता निष्कासन गरिएको थियो।  

ऋणपत्रको ब्याज दर १०.२५ प्रतिशत कायम गरिएको थियो। यसलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिइएको छ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवदेन दिन पाउने ब्यवस्था गरिएको थियो। 

ऋणपत्र निष्कासनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार अनुसार बैंकले प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको थियो। १९ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय १०० भन्दा बढि छन्। 

सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत र सबैभन्दा धेरै ऋण लगानी भएका २० जनाको हिस्सा २२ प्रतिशत रहेको छ।

बैंकको क्रेडिट पोर्टफेलियो विगत पाँच वर्षको अवधिमा २४ प्रतिशतले बढेको छ। विगत तीन/चार वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीको अन्तरले गर्दा नाफा बढाउन मद्द्त गरेको छ। विगत तीन/चार वर्षको अवधिमा बैंकले खुद व्याज आम्दानीमा हुने अन्तर ३.५ प्रतिशत भन्दा माथि रहेको एजेन्सीले जनाएको छ।