मुद्दति निक्षेपभन्दा कम ब्याजमा नबिल बैंकले गाडी कर्जा स्किम ल्यायो, ब्याज ९.५९ प्रतिशत

बिजमाण्डू
२०७६ भदौ ४ गते १०:२८ | Aug 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नाडा अटोशोको मुखैमा नबिल बैंकले इलेक्ट्रोनिक गाडीका लागि ऋण स्किम ल्याएको छ। बैंकले 'नबिल इअटो लोन' भन्दै आधार दरमा डेढ प्रतिशत जोडेर ब्याज दर निर्धारण गरेको छ।

बैंकको आधार दर ८.०९ प्रतिशत छ। यसमा डेढ प्रतिशत जोड्दा ब्याज दर ९.५९ प्रतिशत हुन्छ। बैंकले यो ऋण सात बर्षसम्मका लागि दिन्छ।

बैंकले गाडीको कुल मूल्यांङ्कनको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने छ। बैंकले अहिले एक बर्षे मुद्दति निक्षेप ९.७५ प्रतिशतमा उठाइरहेको छ। मुद्दति निक्षेपको ब्याज भन्दा कममा बैंकले गाडी कर्जा दिन लागेको हो।

मानौं कसैले ३० लाख रुपैयाँको इलेक्ट्रिक कार चढ्ने भयो भने उसले ६ लाख रुपैयाँ मात्र डाउनपेमेन्ट राख्दा हुन्छ। बैंकले उसलाई २४ लाख रुपैयाँ ऋण दिन्छ। २४ लाखको मासिक किस्ता ३९ हजार ३३६ रुपैयाँ पर्न आउँछ।