हुण्डी कारोबारी विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा, सवा अर्ब विगो दाबी

बिजमाण्डू
२०७६ भदौ ३ गते २०:५३ | Aug 20, 2019
हुण्डी कारोबारी विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा, सवा अर्ब विगो दाबी

Tata
GBIME
Nepal Life

वीरगंज।प्रहरीले एक महिना अघि समातिएका हुण्डी कारोबारी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।प्रहरीले आठ जना विरुद्ध बैंक तथा वित्तिय संस्था एवं संगठित अपराध अन्तर्गत १ अर्ब २८ करोड ४३ लाख ३९ हजार विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

माइस्थानस्थित कन्हैया प्रसाद सोनारले सञ्चालन गरेको केपी स्वर्णकला नामक सुनचाँदी पसलको पछाडिको कोठाबाट गत असार ९ गते ४१ लाख ९२ हजार ९ सय नगद रुपैयाँसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा  रौतहट चन्द्रपुरका बिनोद सुनार,पर्सा छिपहरमाईका राजकपुर साह, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारणका सुनिलकुमार प्रसाद,जिल्ला पर्सा बीरगंजका चन्दनकुमार सर्राफ, वीरगंजका राकेशकुमार सिंह, भारत विहार मोतिहार जिल्ला नैनपुरका गुलाब साह,पर्साका सुजित कुमार साह र बारा,परवानीपरका घनश्याम सर्राफ रहेका थिए।

केपी स्वर्ण कलाका सञ्चालक कन्हैयाप्रसाद सोनार हाल सम्म फरार रहेको पर्सा प्रहरीले जनाएको छ।।प्रहरीले छापा हानी हुन्डी कारोबारमा आठ जनालाई पक्राउ गर्दा पर्सा सुनचाँदी संघका केही पदाधिकारीहरु पत्रकार सम्मेलन गरी दिनको ८०–९० को कारोबार हुने सुनचाँदी पसलबाट ४२ लाख रुपैया फेला पर्नु साधारण भएको बताउँदै साहु कन्हैया भारतको धार्मिक यात्राबाट चार दिनपछि आउने बताएका थिए।उनलाई भगाउन सुनचाँदी व्यवसायी संघकै पदाधिकारीहरुको भूमिका रहेको प्रहरीले आरोप लगाएको छ।