प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीको कार्यशाला, मोबाइल सेवा प्रदायकसँग सहकार्यको प्रस्ताव

बिजमाण्डू
२०७६ भदौ ३ गते २०:२२ | Aug 20, 2019
प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीको कार्यशाला, मोबाइल सेवा प्रदायकसँग सहकार्यको प्रस्ताव

Tata
GBIME
Nepal Life

काठमाडौं।विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन)ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्टअप कोलावरेशन वर्कसप’ आयोजना गरेको छ।

नेपालमा स्टार्ट अप कम्पनी र मोवाइल सेवा प्रदायक कम्पनीबीचको सहकार्य सुदृढ बनाउन कार्यशाला गरिएको हो।जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढी सेवा प्रदायक र मोवाइल इकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो। कार्यशाला स्टार्टअप कम्पनी मोबाइल सेवा प्रदायकसँग कसरी साझेदारी गर्न सक्छ्ने भन्ने विषयमा केन्द्रित थियो।

कार्यक्रममा ३० वटा स्टार्टअपका ५० भन्दा बढी प्रतिनिधि थिए। स्टार्ट अपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रमा टेलिकम कम्पनीबीचको साझेदारीबाट लिएको फाइदाका बारेमा जानकारी दिइएको थियो।'परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दिगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,' एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम युसुफले भने।

कार्यशालामा जिएसएमएको इकोसिस्टम एक्सिलिलेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले मोबाइल अपरेटर र स्टार्ट अपबीचको सहकार्यका बारेमा जानकारी दिएका थिए।

उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरुले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरु क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा कारखाना, आईसिटी फर एग्रि, इसेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत कम्पनी सहभागी थिए।सारथीका सह संस्थापक रवि सिंघलले भने, ‘हाम्रो स्टार्टअप पूर्ण रुपमा मोवाइल प्लेटफर्ममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग संम्भावित सहकार्यका लागि नयाँ बाटो खोलेको छ।‘

सारथीले अनलाइनबाटै आवत जावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ । ‘हामी टेलिकम कम्पनीसँग मिलेर कसरी दुवै कम्पनीहरु, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभ दिन सकिन्छ भनेर काम गर्न खोजिरहेका छौं,’ सिंघलले भने।सोचवयेरका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक इदा रिजालले स्टार्टअप र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताईन्।