हुन्डाई फेस्टिबल डिलाइट योजना, हुन्डाईको गाडी किन्दा छुटैछुट, वम्पर उपहार भेन्यु र स्यान्ट्रो

बिजमाण्डू
२०७६ भदौ ३ गते १४:१६ | Aug 20, 2019
हुन्डाई फेस्टिबल डिलाइट योजना, हुन्डाईको गाडी किन्दा छुटैछुट, वम्पर उपहार भेन्यु र स्यान्ट्रो


Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी इन्टरकन्टिनेटलले हुन्डाई फेस्टिबल डिलाइट योजना ल्याएको छ।सोमबारदेखि कार्यान्वयनमा आएको यो योजनामा ग्राहकले हुन्डाईको गाडी किन्दा आकर्षक छुटसहित एक वर्षको निशुल्क बीमा पाउनेछन्।

कम्पनीका अनुसार स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँ छुट समेत पाइनेछ।कम्पनीले यो अवधिमा गाडी किन्नेलाई लक्की ड्रमार्फत १० जोडीलाई चार रात पाँच दिनको दुवई भ्रमण पाउने जनाएको छ।

कम्पनीका अनुसार लक्की ड्रमा स्यान्ट्रो र भेन्यु पाउने छन्। कम्पनीले हुन्डाई गाडीमा तीन वर्षे वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङका साथै निशुल्क सवारी कर भूक्तानी दिएको छ।