नाडा अटो शोमा महिन्द्राको दुई गाडी सार्वजनिक हुने, एक्सयूभी-३०० र मराजो मेलाको आकर्षण बन्ने

बिजमाण्डू
२०७६ भदौ २ गते २१:४५ | Aug 19, 2019
नाडा अटो शोमा महिन्द्राको दुई गाडी सार्वजनिक हुने, एक्सयूभी-३०० र मराजो मेलाको आकर्षण बन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। अग्नी इन्कर्पोरेटेडले नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी–३००’र ‘मराजो’ सार्वजनिक गर्ने भएको छ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक कम्पनीले अटो शोमै यी दुई गाडी सार्वजनिक गर्न लागेको हो।भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा लोकप्रिय बन्ने कम्पनीको दाबी छ।

स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र पहिलो लग्जरी मल्टी पर्पोज भेइकल (एमपीभी)‘मराजो’ अटो शोको आकर्षण बन्ने कम्पनीको विश्वास छ।

महिन्द्रा एक्सयूभी–३००

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो। महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक छ।

यो गाडीमा आकर्षक सनरुफ,एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता छन्।

कम्पनीका अनुसार एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ।सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले यो गाडी सुरक्षित छ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।गाडीमा रहेको १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि  ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ। यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।

महिन्द्रा मराजो

महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने कम्पनीको दाबी छ। मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ ।कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको कम्पनीले जनाएको छ।

मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल भएको जनाउँदै जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ। मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको कम्पनीले जनाएको छ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ।

कम्पनीका अनुसार कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वीलसँगै अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा छ।महिन्द्रा मराजोमा नयाँ १.५ लिटर र ४ सिलिन्डर डिजेल इन्जिनमा रहेको कम्पनीले जनायो।कम्पनीका अनुसार ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ।