श्री एयरलाइन्सको क्यू- ४०० टर्बोप्रोब जहाज काठमाडौं आइपुग्यो, चितवन, सिमरा र पोखरा उडान गर्ने

बिजमाण्डू
२०७६ भदौ १ गते २०:३८ | Aug 18, 2019
श्री एयरलाइन्सको क्यू- ४०० टर्बोप्रोब जहाज काठमाडौं आइपुग्यो, चितवन, सिमरा र पोखरा उडान गर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं।श्री एयरलाइन्सको क्यू- ४००टर्बोप्रोब जहाज आइतबार साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ।

अढाई वर्ष अघिएकै पटक तीन वटा क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जहाज ल्याएको कम्पनीले दुई वटा टर्बोप्रोब ल्याएको हो।अर्को टर्बोप्रोब जहाज दुई सातापछि काठमाडौं आइपुग्नेछ।

कम्पनीले टर्बोप्रोबमार्फत चितवन,सिमरा,पोखरामा उडान गर्नेछ। टर्बोप्रोब संचालनका लागि अनुमति माग्दा प्राधिकरणले शर्तसहित मात्रै जहाज चलाउन दिने भन्दै अड्को थापेको थियो।

सुरुमा श्री एयरले ल्याउन लागेको जहाज उपत्यका बाहिर राखेर उडान गर्नुपर्ने र जहाजको प्राविधिकमार्फत अडिट गराएर मात्र इजाजत दिन सकिने शर्त राखेको थियो।प्राधिकरणसँग क्यू-४०० टर्बोप्रोब जहाजको प्राविधिक नभएको भन्दै रोक्ने काम गरेको थियो।तर कम्पनीले प्राधिकरणका कर्मचारीलाई आवश्यक तालिम दिन पठाएको थियो। श्रीले ल्याउन लागेको जहाज ८०  सीटको जहाज हो।