लोडसेडिङ हटाउन बर्ष दिनमा भारतबाट २ अर्ब ८१ करोडको बिजुली आयात, २४ करोडको बिक्री

बिजमाण्डू
२०७६ भदौ १ गते १३:३२ | Aug 18, 2019
लोडसेडिङ हटाउन बर्ष दिनमा भारतबाट २ अर्ब ८१ करोडको बिजुली आयात, २४ करोडको बिक्री


काठमाडौं। लोडसेडिङ हटाउन नेपाल विद्युत प्राधिकरणले एक बर्षमा २ अर्ब ८१ करोडको बिजुली आयात गरेको छ। प्राधिकरणको बार्षिकोत्सब कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक कुलमान घिसिङले चालु बर्षदेखि आयात तर कम हुँदै जाने बताए।

Tata
GBIME
Nepal Life

उनले एक बर्षमा नेपालले पनि २४ करोड रुपैयाँको बिजुली भारतलाई बिक्री गरेको जानकारी दिए। विद्युत आपुर्ति बढाउन घिसिङले चालु बर्षबाट प्राधिकरणले १०६० मेगावाटको अपर अरुण र ६३५ मेगावाटको दुधकोशी परियोजना अगाडि बढाउने घोषणा गरेका छन्।

उनले विद्युत चुहावट नियन्त्रणबाट ठूलो धनराशी जोगाएको बताउँदै नियमित, गुणस्तरीय र भरपदर्दो बिद्युत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

प्राधिकरणले संस्था पुनर्संरचना गरिएकाले चालु बर्षदेखि प्रादेशिक कार्यालयको हिसाबकिताबको वित्तीय विवरण छुट्टाछुट्टै सार्वजनिक गरिने जानकारी पनि दिए।