सुनको भाउ पाँच सयले घट्यो, आइतबार तोलाको ७१ हजार कायम, चाँदी पनि तोलामा १० रुपैयाँ कम

बिजमाण्डू
२०७६ भदौ १ गते १२:२० | Aug 18, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। तीन दिन स्थिर रहेको सुनको भाउ आइतबार पाँचसय रुपैयाँले घटेको छ।

आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर आठ सय ३० रुपैयाँ कायम भएको  छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा सुनको मूल्य पाँच सय घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तय हुन्छ।

गत साउन ३० गते सुनले ऐतिहासिक मूल्य छोएको थियो। त्यसयता बजारमा तीन दिन मूल्य स्थिर थियो। सुनचाँदीको मूल्य बढेका कारण माग शून्यप्राय छ।