एफएनसीसीआईको कोषाध्यक्षमा निरक, ज्ञानेन्द्रलाल लगाएको भष्ट्राचारको आरोपको छानविननै भएन

बिजमाण्डू
२०७६ साउन ३२ गते ११:१५ | Aug 17, 2019
एफएनसीसीआईको कोषाध्यक्षमा निरक, ज्ञानेन्द्रलाल लगाएको भष्ट्राचारको आरोपको छानविननै भएन

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी चयन भएका छन्।कृषि उद्यम केन्द्रमा चरम भष्ट्राचार भएको भन्दै कोषाध्यक्षबाट ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि केसीलाई ल्याइएको हो।

अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार भएको कार्यसमित समितिको १३ औंबाट केसी चयन भएका हुन्।अध्यक्ष राणाले केसीलाई शुक्रबारनै पद तथा गोपनियताको सपथ गराईन्।

केन्द्रमा भएको अनियमितताको सूचना बाहिर चुहाएको भन्दै आरोप लगाएपछि प्रधानले राजीनामा दिएका थिए। उनले छानविनका लागि आग्रह गरेका थिए। महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेपनि कुनै अनुसन्धान भएन।केन्द्रको भष्ट्राचारको मुद्दा सामसुम भएपछि केसीलाई कोषाध्यक्षमा ल्याइएको हो।

महेशलाल प्रधानको पालामा केन्द्र स्थापना भएको थियो। केन्द्रमा सरकार र गैरसरकारी संस्थाले रकम विनियोजन गर्न थाले। केन्द्रको रकम वर्षेनी बढ्न थालेपछि यसको वास्तविक प्रयोग भन्दा दुरुपयोग बढी हुन थाल्यो।

महासंघ स्रोतका अनुसार केन्द्रको रकम उच्च तहमा बस्ने पदाधिकारीले निर्वाचनको बेलामा भ्रमण गर्दा समेत प्रयोग भएको छ। अझ सधै महासंघभित्र राजनीति गरिरहने समूहले विदेश भ्रमण गर्दा समेत फर्जी बिल बनाएर केन्द्रबाटै रकम लिने गरेको स्रोतले बतायो।

गैरसरकारी संस्था र सरकारले समेत बजेट उपलब्ध गराउने केन्द्रमा चरम अनियमितता छ। केन्द्रले संचालन गर्ने एक गाउँ एक उत्पादन लगायतका कार्यक्रममा रकम खर्चिने भन्दा भ्रमण र भत्तामै बढी दुरुपयोग हुने गरेको छ। स्रोतका अनुसार केन्द्रको ब्यालेन्स सीटनै दुई वटा बन्ने गर्छ। कर्मचारीले आफूखुशी बिल बनाउने र रकम लिने गरेका छन्।