एफएनएसीसीआईको विशेष साधारणसभा कात्तिक २९ गते, शेखर समूहको विरोधको सुनुवाई भएन

बिजमाण्डू
२०७६ साउन ३१ गते १९:४१ | Aug 16, 2019
एफएनएसीसीआईको विशेष साधारणसभा कात्तिक २९ गते, शेखर समूहको विरोधको सुनुवाई भएन

Tata
GBIME
Nepal Life

काठमाडौं।वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई रोक्नेगरि नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधनका लागि कात्तिक २९ गते विशेष साधारणसभा तोक्ने निर्णय गरेको छ।

गोल्छा समूहको फरक मतलाई वेवास्ता गर्दै महासंघको शुक्रबार बसेको कार्यसमिति बैठकले विशेष साधारणसभाको मिति तोकेको हो।वरिष्ठ उपाध्यक्ष गोल्छा,निवर्तमान अध्यक्ष पशुपति मुरारका,कार्यकारिणी सदस्यद्धय रञ्जित आचार्य र कृष्ण दुलालले प्रस्ताव तयार नपारि विशेष साधारणसभा तोक्ने निर्णय विधान विपरित रहेको जिकिर गर्दै फरक मत राखेका थिए।

तर उनीहरुले माइन्यूटमा भने नोट अफ डिसेन्ट भने लेखेनन्।विशेष साधारणसभामा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने प्रावधान उल्टाउने प्रस्ताव संशोधनका लागि पेश गरिँदैछ।कार्यसमिति बैठकमा महासंघकी अध्यक्ष भवानी राणाले सुरुमा विशेष साधारणसभा तोक्ने प्रस्ताव राखेकी थिईन्। अघिल्लो कार्यसमिति बैठकमा गोल्छाप्रति नरम व्यवहार देखाएकी राणाले शुक्रबारको बैठकमा भने विशेष साधारणसभाको मितिमै बढी केन्द्रित भएको स्रोतले बतायो।

‘दुई साता अघिको बैठकमा राणाले विधान बमोजिमनै जानुपर्ने भन्दै विधान संशोधनका लागि पहिला प्रस्ताव तयार पारेर छलफलका लागि पठाएपछि मात्रै मिति तोक्ने विधानमा रहेको प्रकृया पूरा गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो।तर आजको बैठकमा गोल्छा समूहको कुनै पनि भनाई सुनेको नसुन्यै गरेर मिति तोक्ने विषयमा राणा केन्द्रित हुनुभयो।’ एक केन्द्रिय सदस्यले बिजमाण्डूलाई भने।

ती सदस्यका अनुसार गोल्छाले आफू विशिष्ट सदस्य भएपछि विधान संशोधनको तरवार तेर्साउने काम भएको बताए।‘वरिष्ठ उपाध्यक्ष भएदेखिनै विधान संशोधनको कुरा ल्याएर अन्यौंलता सिर्जना गर्ने काम भयो।मैले सुरुदेखिनै आफ्नो भूमिका निर्वाह गरिरहेको छु।तर मैले कामनै गरेन् भनेर विवादमा ल्याउने काम भयो।’ उनले भनेका थिए।

उनका अनुसार विशेष साधारणसभाको मिति तोक्ने पक्षमा उपाध्यक्षद्धय किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ थिए।बैठकमा एशोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालले आफ्नो कुनै धारणा राखेनन्।

किन भइन राणा ‘युटर्न’?

अघिल्लो बैठकमा विशेष साधारणसभा तोक्ने उदेश्य पूरा नभएपछि विशिष्ठ सदस्य चण्डीराज ढकालले राणालाई धम्की दिएका थिए।उनले राणालाई बाँकी कार्यकालनै पूरा गर्न नदिने भन्दै धम्की दिएपछि युटर्न भएकी थिईन्।

ढकालले आफ्नो राजीनामाको समेत बुझाएर राणालाई धम्की दिएका थिए।त्यही भएर हतार महासंघको सचिवालयलाई विदाको दिनमा समेत टिप्पणी उठाउन लगाएर साउन ३१को कार्यसमिति बैठक डाकिएको थियो।