एकैदिन सुनको भाउ १२०० रुपैयाँ तोलामा बढ्यो, मूल्य ७१ हजार पाँच सय रुपैयाँ, माग भने छैन

बिजमाण्डू
२०७६ साउन ३० गते १२:३४ | Aug 15, 2019
एकैदिन सुनको भाउ १२०० रुपैयाँ तोलामा बढ्यो, मूल्य ७१ हजार पाँच सय रुपैयाँ, माग भने छैन


Tata
GBIME
Nepal Life

काठमाडौँ। सुनको मूल्यले बिहीबार पुन: नयाँ रेकर्ड बनाएको छ। एकै दिन १२ सय रुपैयाँ बढेर प्रति तोला सुनको मूल्य ७१ हजार पाँच सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

बुधवार प्रति तोला ७० हजार तीन सय रुपैयाँमा रहेको सुनको मूल्य बिहीबार ७१ हजार पाँच सय रुपैयाँमा उक्लिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको कारण नेपाली बजारमा सुनको मूल्य बढेको शाक्यको भनाइ छ। 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रति औस सुनको मूल्य १५२२ डलर पुगेको छ। बुधवार १५१६ डलर रहेको थियो। यसैगरी डलरमा आएको तेजिका कारण सुनको मूल्य बढ्न टेवा पुगेको छ। एक डलरको मूल्य ११४ रुपैयाँ ३० पैसा पुगेको छ। जसका कारण नेपाली बजारमा सुनको मूल्य बढेको शाक्यले बताए। 

सुनसँगै चाँदिको मूल्य समेत बढेको छ। बिहीबार प्रति तोला चाँदीको मूल्य २० रुपैयाँ बढेर ८४० रुपैयाँ पुगेको छ। बुधवार चाँदीको मूल्य ८२० रुपैयाँ रहेको थियो। सुनचाँदिको मूल्य लगातार बढेपछि व्यवसायी चिन्तित देखिन थालेका छन्।