दुई सातामा डलरको भाउ ४ रुपैयाँ १८ पैसाले बढ्यो, एकैदिन ९६ पैसाले भाउ बढेर ११४ रुपैयाँमाथि

बिजमाण्डू
२०७६ साउन २९ गते ०९:४६ | Aug 14, 2019
दुई सातामा डलरको भाउ ४ रुपैयाँ १८ पैसाले बढ्यो, एकैदिन ९६ पैसाले भाउ बढेर ११४ रुपैयाँमाथि


Tata
GBIME
Nepal Life

काठमाडौं। दुई सातामा अमेरिकी डलरको मूल्य ४ रुपैयाँ १८ पैसाले बढेको छ। बुधबार एकै पटक मूल्य ९६ पैसाले बढेको छ। अझ एक साताअघि एकै दिन मूल्य १ रुपैयाँ ८५ पैसाले बृद्धि भएको थियो।

अमेरिका-चिन ब्यापार युद्धका कारण बिस्तारै उक्लिन थालेको डलरको भाउ गत साता भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण उचालिएको हो। स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारु कमजोर देखिएर डलर बलियो भएको हो।

भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिनिमय दर (१०० भारु बराबर १६० नेपाली रुपैयाँ) छ। भारुमा आउने तरङले नेपाली रुपैयाँलाई पनि असर पार्ने गर्छ।

दुई साताअघि डलर ११० रुपैयाँ ३७ पैसामा सजिलै पाइँन्थ्यो। बुधबार डलरको भाउ बढेर ११४ रुपैयाँ ५५ पैसा पुगिसकेको छ। एक सातादेखि डलर ११३ रुपैयाँ हाराहारीमा बसेको थियो। ११० मा रहेको डलरले ११२ लाई नटेकी १११ हुँदै सोझै ११३ रुपैयाँमा उक्लिएको थियो।

डलरको भाउ बढ्दा विदेशमा रहेका नेपालीको पैसा बुझ्ने स्थानीय परिवारलाई फाइदा हुन्छ। तर ब्यापार घाटा थप बढाउन भने यसले मद्दत गर्छ। सबै आयातित सामान महँगोमा किनेर भित्र्याउनु पर्ने हुन्छ।