सुदूरपश्चिमको भदौभित्र तेस्रो जलविद्युतले परीक्षण उत्पादन गर्ने, जडित क्षमता ४५ मेगावाट

बिजमाण्डू
२०७६ साउन २७ गते १९:४४ | Aug 12, 2019
सुदूरपश्चिमको भदौभित्र तेस्रो जलविद्युतले परीक्षण उत्पादन गर्ने, जडित क्षमता ४५ मेगावाट


Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी भदौ महिनाभित्र सुदूरपश्चिममा प्रदेशकै तेस्रो जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ। अपि पावर कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत आयोजनाले अर्को महिनाभित्र परीक्षण उत्पादन सुरु गर्नेछ।

दार्चुलाको शिखर गाउँपालिकाको धुलिगडामा निर्माणाधीन आयोजनाको ९५ प्रतिशत भन्दा बढी काम सकिएको विद्युत विकास विभागले जनाएको छ।

०७३ पुसमा निर्माण अनुमति पाएको आयोजनाको काम सन्तोषजनक रुपमा अघि बढिरहेको बेला गत वर्ष साउनमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएपछि अपार नौगाडको विद्युत उत्पादन तालिका पर सरेको थियो।

यसअघि अपिले दार्चुलामानै ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणले ३० मेगावाटको चमेलीया जलविद्युत आयोजना निर्माण गरि सञ्चालनमा ल्याईसकेका छन्। अपर नौगाडको ८ मेगावाट विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिएसँगै सुदूरपश्चिम प्रदेशको विद्युत उत्पादन क्षमता ४४.५ मेगावाट पुग्नेछ।

आयोजनाको उत्पादित विद्युत ३३ केभी प्रशारणलाइन मार्फत ९ किलोमिटर माथी बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको सवस्टेशनमा जोडिने छ। बलाँचबाट चमेलिया जलविद्युत आयोजनाको लागि निर्माण गरिएको अत्तरिया-बलाँच १३२ केभी प्रशारणलाइनमार्फत राष्ट्रिय ग्रीडमा प्रवाह गरिने छ।