क्लासिक टेकले मनायो १० औ वार्षिकोत्सव, वार्षिकोत्सवको अवसरमा ५० एमविपिएस इन्टरनेट ४७१ रुपैयाँ??

बिजमाण्डू
२०७६ साउन १७ गते १०:३४ | Aug 2, 2019


काठमाडौं। क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० वर्ष भएको छ।

Tata
GBIME
Nepal Life

विश्वकै उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले नेपालको ७७ वटै जिल्लामा नेटवर्क विस्तार गरिसकेको छ।

कम्पनीले २१ वटा भन्दा धेरै शाखा कार्यलयबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीसँग एक सय जिविपिएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा इन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ।

यसका साथै गुगल, फेसबुक, आकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरिय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले दशौ वार्षिकोत्सवको उपलक्ष्यमा ५० एमविपिएस स्पिडको इन्टरनेट सेवा ४७१ रुपैयाँको दरमा ल्याएको छ। एक वर्षको सेवा खरिद गर्दा ग्राहकले थप १० महिना बोनसको रुपमा पाउने कम्पनीले जनाएको छ।