एप्पल र इन्टेलबीच १ अर्ब डलरको डिल, हुवावे र सामसुङले जस्तै आफ्नै स्मार्टफोन चिप ल्याउने

बिजमाण्डू
२०७६ साउन १० गते १६:५९ | Jul 26, 2019

आइफोन उत्पादक एप्पल कम्पनीले इन्टेलसँगको सहकार्यमा आफ्नै स्मार्टफोन चिपहरु उत्पादन गर्ने भएको छ। यसकालागि एप्पलले इन्टेल कर्पोरेसनको मोडेम बिजनेसको अधिकांश शेयर किन्न १ अर्ब डलरको डिल गरेको छ।

Tata
GBIME
Nepal Life

डिल अनुसार अब इन्टेलका मोडेम बिजनेस युनिटका २२ सय कर्मचारीले एप्पल ज्वाइन गर्नेछन्। यो सँगै बौद्धिक सम्पति, उपकरण तथा लिजहरुपनि एप्पलको पोल्टामा पर्नेछ।  डिलसँगै इन्टेलले भने स्मार्टफोन मोडेम बिजनेसबाट हात झिकेको जनाएको छ।

यसपछि हालको पोर्टफोलियोमा एप्पलसँग १७ हजार वायरलेस प्रविधिको प्याटेन्ट, सेलुलर कम्युनिकेसनकालागि मोडेम रेन्ज हुनेछ जसले एप्पललाई हुवावे जस्ता ५ जि प्याटेन्ट होल्डर कम्पनीहरुबीच आफूलाई शक्तिशाली खेलाडीको रुपमा उभ्याउनेछ।

नयाँ डिल सार्वजनिक भएसँगै इन्टेलको शेयर ५.७ प्रतिशतले बृद्धि भएको छ। एप्पलको शेयरमा पनि थोरै बृद्धि देखिएको छ।

डिलपछि इन्टेलसँग नन स्मार्ट फोन जस्तै पिसी, औद्योगिक उपकरण तथा सेल्फ ड्राइभिङ कारहरुको लागि भने मोडेम बिकास गर्ने अधिकार रहनेछ।

एप्पलले हालसम्म आफ्नो आइफोनको मोडेम चिपका लागि बाहिरी सप्लायरसँग भर पर्ने गरेको थियो। एप्पलका विश्वमा रहेका दुई प्रतिद्वन्दी क्मपनी सामसुङ र हुवावे दुबैले आफ्ने मोडेम चिप उत्पादन गर्न सक्षम छन्।

त्यसैले पनि यस डिलले एप्पलको आफ्नै मोडेम चिप उत्पादन गर्ने लक्ष्य पूरा गरिदिएको छ।