इन्टरनेटको भाउ बढाउने निर्णयबाट ब्याक भयो आइस्पान, सरकारसँग सहमतिपछि मूल्यवृद्धि फिर्ता

बिजमाण्डू
२०७६ साउन १० गते १०:२४ | Jul 26, 2019
इन्टरनेटको भाउ बढाउने निर्णयबाट ब्याक भयो आइस्पान, सरकारसँग सहमतिपछि मूल्यवृद्धि फिर्ता

Tata
GBIME
Nepal Life

काठमाडौं।सरकारले आफ्ना माग पूरा गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने निर्णय फिर्ता लिएको छ।

साउनदेखि मूल्य बढाउने घोषणा गरेका कम्पनीले सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर, लिज लाइन, मर्मत सम्भार लगायतमा दुरसञ्चार सेवा शुल्क नलिने निर्णय कार्यान्वयन गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिएका हुन्।इन्टरनेट सेवा प्रदायकहरुको संस्था(आइस्पान)का अध्यक्ष भोजराज भट्टले विभित्र शीर्षकमा दुरसचार सेवाशुल्क नलिने व्यवस्था यसै वर्षदेखि लागु गर्ने निर्णय भएपछि मूल्यवृद्धि फिर्ता लिएको बताए।

यो सेवा शुल्क छुट दिने व्यवस्था कार्यान्वयनमा नआएको भन्दै आइस्पानले १३ प्रतिशत मूल्य बढाउने घोषणा गरेका थिए। भट्टले भने-‘दुवै पक्षको ५०/५० जित हुने अवस्था आएपछि जनतालाई थप भार नपार्ने निर्णयमा आइस्पान पुगेको हो।‘