चीनको युनियन पेले नेपालमा भूक्तानी प्रदायकको काम गर्न पायो स्वीकृति, अझै दुई कम्पनी पाइपलाइनमा

बिजमाण्डू
२०७६ साउन ७ गते १९:५८ | Jul 23, 2019
चीनको युनियन पेले नेपालमा भूक्तानी प्रदायकको काम गर्न पायो स्वीकृति, अझै दुई कम्पनी पाइपलाइनमा


काठमाडौं। चीनको युनियन पे इन्टरनेशनलले नेपालमा भूक्तानी सेवा प्रदायकको काम गर्ने अनुमति पाएको छ। 

Tata
GBIME
Nepal Life

नियामक नेपाल राष्ट्र बैंकले युनियन पेलाई स्वीकृति दिएको हो। चीन अन्य दुई भूक्तानी प्रदायक कम्पनी अलिपे र विच्याटले पनि नेपालमा कारोबार गर्न खोजेका छन्। 

दुबै कम्पनीले नेपालमा सेवा सञ्चालनका लागि नेपाल राष्ट्र  बैंकसँग स्वीकृतिका लागि निवेदन दिइसकेका छन्।

नेपालमा बैधानिक कारोबारका लागि स्वीकृति नपाउँदै आफ्नो सेवा सुरु गरेको भन्दै राष्ट्र बैंकले अबैधानिक रुपमा सञ्चालित चिनियाँ कम्पनीहरुलई काम गर्न रोकेको थियो। त्यसपछि उनीहरु स्वीकृति माग गर्दै राष्ट्र बैंक पुगेका थिए। 

पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै युनियन पे, विच्याट, अलिपेबाट भूक्तानी गर्ने क्रम बढेको थियो। बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भूक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंकले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

स्वीकृति नलिई कारोबार गर्दा विदेशी विनिमय अपचलनको मुद्दा लाग्ने भएकाले पनि उनीहरु बैधानिक हुन खोजेका हुन्।