बिग मर्जर: मौद्रिक नीतिमै प्याकेज घोषणा गर्ने की कार्यविधि बनाएर सुविधा दिने? छलफल जारी

बिजमाण्डू
२०७६ साउन ७ गते ०९:४७ | Jul 23, 2019
बिग मर्जर: मौद्रिक नीतिमै प्याकेज घोषणा गर्ने की कार्यविधि बनाएर सुविधा दिने? छलफल जारी

Tata
GBIME
Nepal Life

काठमाडौं। बिग मर्जर कसरी गर्ने भन्ने बिषयमा राष्ट्र बैंक सञ्चालक समितिमा छलफल सुरु भएको छ। मौद्रिक नीतिमै घोषणा गरेर जाने वा कार्यविधि बनाएर जाने भन्ने बिषयमा छलफल भइरहेको हो।

डेपुटी गभर्नरहरु उपस्थित रहेको र अर्का एक सञ्चालक पनि काठमाडौंमा नरहेकाले मौद्रिक नीति केही पर सरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार, अझै दुई चरण सञ्चालक समितिको वैठक बसेपछि मौद्रिक नीति सार्वजनिक हुने छ।

राष्ट्र बैंकको ब्यवस्थापन समितिबाट कार्यविधि बनाएर बिग मर्जरमा जाने बुँदा सिफारिस गरिएको छ। 'मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने छ' भन्ने पुरानै वाक्यमा कार्यविधि बनाइ कार्यान्वयन गरिने बुँदा सिफारिस गरिएको हो।

शनिवार बसेको सञ्चालक समितिमा भने कार्यविधि बनाउँदा समय लाग्ने भएकाले मौद्रिक नीतिबाटै सुविधाका प्याकेज घोषणा हुनु पर्ने गरी छलफल भएको स्रोतको दावी छ। 'बाहिर हल्ला आएजस्तो मर्जर नै हुँदैन, राष्ट्र बैंक पछाडि हट्यो भन्ने केही पनि होइन' स्रोतले भन्यो, 'मर्जर त जसरी पनि हुन्छ नै। मर्जरलाई ब्यवहारिक बनाउन केके गर्नु पर्छ भन्ने बिषयमा छलफल चलिरहेको छ। सबै सञ्चालकहरु संख्या घटाउनु पर्छ भन्ने बिषयसँग सहमत हुनु हुन्छ।'