विदेशी मुद्राको सोधखोज गर्न बैंक धाउनु नपर्ने, प्रभु बैंकले ल्यायो एपबाट आवेदन दिन सकिने सेवा 

बिजमाण्डू
२०७६ साउन ६ गते १७:४६ | Jul 22, 2019
विदेशी मुद्राको सोधखोज गर्न बैंक धाउनु नपर्ने, प्रभु बैंकले ल्यायो एपबाट आवेदन दिन सकिने सेवा 


Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन ल्याएको छ। बैंकले “प्रभु इजी फोरेक्स” सञ्चालनमा ल्याएको हो।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेले बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने वाध्यता अहिले छ। बैंकले ल्याएको एप प्रयोगबाट आवेदन दिन धाइरहनु पर्दैन। 

मोवाइल एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ भने एपस्टोरमा पनि चाँडै उपलब्ध हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 

एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ। आवेदकलाई बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ। त्यसपछि आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्ने छन्।  

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।