ललितपुरमा बाढीले क्षति पुगेको मुहान र पाइपलाइन मर्मत हुँदै, फर्पिङबाट पानी ल्याएर बाँडियो

बिजमाण्डू
२०७६ साउन ६ गते १७:०१ | Jul 22, 2019


काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भैरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) जनाएको छ ।

Tata
GBIME
Nepal Life

बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन ।
ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि केयुकेएलले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिएको हो।

बाढीका कारण दुबै  मुहानमा क्षति पुगेको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो ।

केयुकेएलको ललितपुर शाखाका प्रमुख डा. डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भ वायर ट्यांकीमा पानी खसालिएको जानकारी दिए ।

‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भएपनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं, शाखा प्रमुख चापागाईंले भने ‘उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पु-यायो । त्यसको पनि मर्मत गर्दैछौं । २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले बाढीबाट मुहान र पाइपलाईनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिए ।

केयुकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न स्थानमा खानेपानी वितरण गर्दै आएको छ। भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गरिन्छ।

फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी  ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण हुन्छ।