खाडीचौर-चरिकोट सडकको ठेकेदारलाई चेतावनी, ‘तीन दिनभित्र साइटमा उपस्थित नभए ठेक्का रद्द’

बिजमाण्डू
२०७६ साउन ५ गते १४:०३ | Jul 21, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। स्तरोन्नतीका क्रममा तीन वर्षदेखि अलपत्र रहेको लामोसाँघु जिरी सडक आयोजनाको ठेकेदारलाई तीन दिनभित्र आयोजना क्षेत्रमा उपस्थित हुन सरकारले निर्देशन दिएको छ।

लामोसाँघु तामाकोशी जिरी सडक आयोजनाले सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्काको सर्त अनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ।आयोजनाले वर्षातको समयमा सवारी आवागमनका लागि आवश्यक प्रबन्धको दायित्व ठेकेदारसँग भए पनि जिम्मेवारी पूरा नगरेको सूचनामा उल्लेख गरेको छ।

स्तरोन्नती कार्यमा जिरो किलोदेखि २५ किलोमिटरसम्म सीमाञ्चल-गौरीपार्वती–सुनौला खिम्ती जेभीले जिम्मेवारी पाएको थियो। यस्तै, २५ किलोटिमरदेखि ५५ किलोमिटरसम्म शकिल हेदर-शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएको थियो।

ठेक्का सम्झौता बमोजिम काम सम्पन्न भएको छैन। आयोजनाले तीन दिनभित्र तोकिएको सर्त अनुसार काम नभएमा सम्झौता तोडी जमानत तथा धरौटी रकम जफत हुने चेतावनी पनि निर्माण पक्षलाई दिएको छ।