नेपाल टेलिकमको ल्याण्ड लाइनलाई २२ सयको सट्टा १६ सय ३५ तिरे पुग्ने, पोष्टपेड पनि सस्तियो




काठमाडौं। नेपाल टेलिकमले ल्याण्ड लाइन र पोष्टपेड सेवामा भारी  छुट लागू गरेको छ।

सरकारले लागू गरेको आर्थिक विधेयक २०७६को दफा १४ (१)मा व्यवस्था भए अनुसार कम्पनीले टेलिकमको ल्याण्डलाइन र पोष्टपेड सेवामा लिँदै आएको स्वामित्व शूल्क घटाइएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

'सरकारको निति अनुसार साउन एक गतेदेखि लागू हुने गरी कम्पनीले ग्राहकलाई टेलिकमको दुईवटै सेवामा लाग्ने स्वामित्व शूल्क घटाएको छ। यसो हुँदा ग्राहकलाई सेवा लिन सहज हुनका साथै कम्पनीको सेवाग्राही संख्या थप बढ्ने हामीले आशा लिएका छौँ।' वैद्यले बिजमाण्डूसँग भनिन्।

Tata
Swostik Collage

यसअघि ग्राहकले ल्याण्डलाइन टेलिफोन प्रयोगका लागि बुझाउँदै आएको २२ सय रुपैयाँ शूल्कमा छ सय ३५ रुपयाँ घटेर १६ सय ३५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी पोष्टपेड प्रयोगका लागि बुझाउँदै आएको १५ सय १० रुपैयाँ शूल्कमा पाँच सय ६५ रुपैयाँ घटेर नौ सय ४५ रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।

सरकारले तयार पारेको विधेयक अनुसार टेलिफोन नामसारी शूल्क पाँच सय ६५ रुपैयाँले घटेको कम्पनीले उल्लेख गरेको छ। साउन एक गतेदेखि लागू हुने गरी टेलिफोन नामसारी शूल्क छ सय ७८ रुपैयाँ कायम गरिएको छ।

कम्पनीका अनुसार यस अघि टेलिफोन नामसारी शूल्क १२  सय ४३ रुपैयाँ  निर्धारण गरिएको थियो।

 


Share this Story

   

नेपाल टेलिकमको ल्याण्ड लाइनलाई २२ सयको सट्टा १६ सय ३५ तिरे पुग्ने, पोष्टपेड पनि सस्तियो को लागी १ प्रतिक्रिया(हरु)

Bishnu Adhikari[ 2019-07-18 06:12:16 ]
टेलिकमको पोष्टपेडको मासिक चार्ज १५०-२०० सम्म झार्नु पर्छ, त्यसो गरेमा पोष्टपेड प्रयोग गर्ने संख्या गज्जबले बढ्छ।

   हालसम्म ६२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.