साधना लघुवित्तले गाभ्यो समृद्धि लघुवित्तलाई, साधारण र हकप्रद जारी गरेर पूँजी २१ करोड पुर्याउने

बिजमाण्डू
२०७६ असार ३० गते १९:३५ | Jul 15, 2019
साधना लघुवित्तले गाभ्यो समृद्धि लघुवित्तलाई, साधारण र हकप्रद जारी गरेर पूँजी २१ करोड पुर्याउने


काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

प्राप्तिपछि नाम साधना लघुवित्त वित्तीय संस्था कायम गरिएको छ। केन्द्रीय कार्यालय गोरखाको हरमटारी रहने छ। राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको उद्घाटन गरेका छन्। 

दुबै संस्थाले प्राप्तिका लागि गत जेठ २५ गते साधारणसभा गरेका थिए। राष्ट्र बैंकले गत २५ गते अन्तिम स्वीकृति दिएको थियो। 

प्राप्तिपछि चुक्ता पूँजी ७ करोड ३५ लाख पुगेको छ। कुल निक्षेप २८ करोड र कुल लगानी एक अर्ब २० करोड पुगेको छ। शाखा संख्या ४०, सदस्य संख्या ३३ हजार पुगेको छ। 

संस्थाले आगामी बर्ष हकप्रद शेयर र साधारण शेयर जारी गरेर पूँजी २१ करोड पुर्याउने जनाएको छ।