नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्स गाभेपछि आउँदो सोमबारबाट एकीकृत कारोबार थाल्ने

बिजमाण्डू
२०७६ असार २८ गते १३:१९ | Jul 13, 2019
नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्स गाभेपछि आउँदो सोमबारबाट एकीकृत कारोबार थाल्ने



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सले गाभेर असार ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले जेविल्स फाइनान्सलाई १०० कित्ता बराबर ३३ कित्ताको अनुपातमा गाभेको छ। हाल ‍जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ३८ लाख रुपैयाँ रहेको छ। 

डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियो अनुसार जेविल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ। नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। 

फाइनान्सलाई गाभेसँगै बैंकको चुक्ता पूँजी १२ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ। फाइनान्सको एउटा मात्र शाखा कार्यालय छ। गाभिएपछि तत्काललाई जेविल्सकै कर्मचारीले शाखा सञ्चालन गर्ने छन्।