तीन सातामा बैंकको निक्षेप ३४ अर्बले बढ्यो, ऋण बिस्तार ८ अर्ब मात्रै, सातामै १७ अर्ब निक्षेप सुधार




काठमाडौं। सरकारले विकास खर्च बढाएसँगै बैंकहरुको निक्षेपमा उच्च सुधार देखिएको छ। एक सातामै निक्षेप १७ अर्ब पैयाँले बढेको छ। असारमा मात्रै निक्षेप ३४ अर्बले बढेको छ। यो असार २० गतेसम्मको तथ्यांक हो।

बैंकहरुले ऋण बिस्तार सातामा ५ अर्ब रुपैयाँले बढाएका छन्। असारभरीमा ऋण ८ अर्ब रुपैयाँले बढेको छ।

Sipradee
LOTSE

असार २० गतेसम्म कुल निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। कुल ऋण लगानी २४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक बर्षमा निक्षेप ३ खर्ब २३ अर्ब रुपैयाँले बढेको छ। ऋण बिस्तार भने ३ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ। यही कारण अहिले अन्तर बैंक सापटी ३ प्रतिशतभन्दा तल आइसकेको छ।


Share this Story

   

तीन सातामा बैंकको निक्षेप ३४ अर्बले बढ्यो, ऋण बिस्तार ८ अर्ब मात्रै, सातामै १७ अर्ब निक्षेप सुधार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.