बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकको आधा दर्जन स्किम: कुलिङ नलाग्ने, सिसिडी ८५% सम्म




काठमाडौं। बिग मर्जरमा जाने बैंकहरुका लागि राष्ट्र बैंकले सहुलियतको प्याकेज घोषणा गर्ने भएको छ। केही दिनमै मौद्रिक नीति सार्वजनिक गर्नै तयारी गरिरहेको राष्ट्र बैंकले प्रमुख कार्यकारीको कुलिङ पिरियडदेखि विभिन्न अनुपातहरुमा सहुलियत दिने भएको हो।

मर्जरमा जाने बैंकहरुमा प्रमुख कार्यकारी, नयाव प्रमुख कार्यकारीलाई लाग्दै आएको ६ महिनाको कुलिङ पिरियड लागू हुँदैन। 

Tata
Swostik Collage

राष्ट्र बैंकले पुनर्कर्जामा पनि सहजीकरण गर्ने भएको छ। मर्जरमा जाने संस्थालाई पुनर्कर्जामा प्राथमिकता दिनेदेखि कर्जा-निक्षेप-अनुपात (सिसिडी रेसियो), अनिवार्य तरलता अनुपात (सिआरआर) 'ब्रिज' भएमा निश्चित समय कारवाहीबाट छुट दिने तयारीसमेत गरेको छ।

पूँजी कोष अनुपात, खराब कर्जा अनुपातमा पनि लतकता अपनाउने भएको छ। स्रोतहरुका अनुसार, बाणिज्य-बाणिज्य बैंक मर्ज भए सिसिडी ८५ प्रतिशतसम्म पुर्याइदिने तयारी पनि राष्ट्र बैंकको छ। 

कल निक्षेप सीमाभित्र ल्याउने समय थपिदिने छ भने संस्था गत निक्षेपकर्ताको सिमामा बृद्धि गरिदिने छ। 


Share this Story

   

बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकको आधा दर्जन स्किम: कुलिङ नलाग्ने, सिसिडी ८५% सम्म को लागी ३ प्रतिक्रिया(हरु)

Kamal[ 2019-07-12 08:36:28 ]
किन सहुलियत दिनु पर्याे? यदि देशकाे अावश्यकता हाे भने बाध्यकारी मर्जर गर्नु पर्दछ । त्याे सहुलियतले अाम जनतालाई लाभ हुन्छ भने देउ, हाेईन भने सिमित ब्यक्तिकाे फाईदाकाे लागि मात्रै हाेे भने त्याे नीतिगत भ्रष्टाचार हाे ।

   हालसम्म ७१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Nirvaya raj Poudel[ 2019-07-10 12:30:40 ]
नेपाल सरकार तथा राष्ट्र बैक मिलेर बैक तथा बित्तिय संस्था को बिग मर्जरको नाटक रचेर ब्यापारिक ग्रुपलाई जिम्मा लगाउने योजना बनाउदै छन जस्तै चौधरी ग्रुप्, आइएमइ ग्रुप्, प्रभु ग्रुप्, बिशाल ग्रुप्, पान्डे ग्रुप्, राणा ग्रुप जिम्मा लगाउने र अन्त्यमा अर्थतन्त्रको चाबी सिमित ब्यापारिको हातमा सुम्पने योजनामा फस्दै छ।

   हालसम्म ९५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Kaamsa Karki[ 2019-07-10 10:57:16 ]
Providing incentives to the bankers and the CEOs is a direct policy corruption at the regulator. Some CEOs and the Chairman of few banks must have offered heavy incentives to the people at regulator for this policy. Which is a corruption.

   हालसम्म ७४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.