देशभर तारे होटल निर्माण धमाधम, ४ हजार ६२८ कोठा, कतिपयले क्षमता बिस्तार गर्दै

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ असार २२ गते १०:०२ | Jul 7, 2019
देशभर तारे होटल निर्माण धमाधम, ४ हजार ६२८ कोठा, कतिपयले क्षमता बिस्तार गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटन क्षेत्रमा बढ्दो लगानीसँगै देशभर तारेस्तरका ५५ वटा होटल निर्माणको काम अघि बढेको छ। अन्तर्राष्ट्रिय चेनदेखि स्थानीय ब्राण्डका ती होटल निर्माणको काम अघि बढिरहेको हो। त्यसमध्ये केही सञ्चालनमा आइसकेका छन्। 

पर्यटन विभागका अनुसार केही होटल निर्माणको अन्तिम चरणमा पुगेका छन्। निर्माणाधीन सबै होटल सञ्चालनमा आएपछि चार हजार छ सय २४ वटा कोठा र ६ हजार सात सय ८० वटा बेड थपिनेछन्। 

विभागका अनुसार ५५ वटा होटल मध्ये केही होटल नयाँ छन् भने केही होटलले आफ्नो क्षमता विस्तार गरिरहेका छन्। यीमध्ये भिभान्ता, सब्रिना, मेरियटलगायत केही होटल सञ्चालनमा आइसकेका छन्। एलोफ्ट, एभरेष्ट, पवन प्यालेस, मेची क्राउनलगायतका होटल निर्माणको अन्तिम चरणमा छन्। 

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह होटल निर्माण धमाधम अघि बढ्नु मुलुककै लागि सकारात्मक रहेको बताउँछन्।

'यसरी चेन होटलसँगै नयाँ होटल संचालनमा आउनु मुलुककै लागि सकारात्मक हो,' उनले भने, 'यसरी अघि बढेका ठूला होटल सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सरकारले जोड दिनुपर्छ।' देशभर छरिएर रहेका यस्ता होटलले पर्यटकलाई विकेन्द्रृत गर्न सहयोग गर्ने उनको भनाइ छ। 

शाहले होटल निर्माणसँगै पर्यटक वृद्धिमा पन जोड दिनुपर्ने उल्लेख गरे। 'कुनै एक व्यक्तिले धेरै संघर्ष गरेर एउटा व्यवसायमा राम्रो वर्चश्व जमाएको देखेपछि त्यही व्यवसायमा जथाभावी लगानी गर्ने परम्परा छ,' उनले भने, 'अन्तिममा त्यो क्षेत्र नै धरासायी हुन्छ। पहिले पनि गार्मेन्ट, कार्पेट, पश्मिनालगायत उद्योग त्यसैगरी धरासायी अवस्थामा पुगेका थिए। तर दीगो सोचले लगानी गर्ने हो भने सम्भावना देखिन्छ।'

नेपालमा बाह्यसँगै आन्तरिक पर्यटन पनि फस्टाउँदो क्रममा छ। आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले स्पष्ट नीति ल्याउनै पर्ने उनको जिकिर छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्याय नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी बढिरहेको बताए। 'सरकराले पर्यटनलाई प्राथमिकतामा राखेको छ, यसैलाई मध्यनजर गर्दै लगानी बढिरहेको छ यसले अर्थतन्त्रको गुणात्मक परिवर्तन गर्न सहयोग गर्छ,' उपाध्यायले भने। 

होटलमा एकपछि अर्को लगानी बढ्दै जाँदा त्यसले दीगोपनमा समस्या आउन सक्ने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए। नेपाल आउने पर्यटकले गर्ने खर्चको प्रवृत्ति हेरेर लगानी गर्न सके उपयुक्त हुने उनको भनाइ छ।

क्र.सं.

होटलको नाम

कोठा संख्या

शैया संख्या

होटल सेराटन, काठमाडौं

300.00

445.00

सिटी होटल, ताहाचल, काठमाडौं

156.00

312.00

एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स प्रालि मेरियट

244.00

310.00

सिभिल होटल, सुन्धारा, काठमाडौं

225.00

306.00

डबल ट्रि वाइ हिल्टन, जगदम्बा होटल, नक्शाल

200.00

260.00

होटल अन्नपूर्ण भ्यू, सराङकोट पोखरा

148.00

244.00

होटल ल्हासा, लाजिम्पाट, काठमाडौं

170.00

240.00

जिंक सिटी होटल, ललितपुर

114.00

183.00

मेट्रोपोलिटियन होटल, सुकेधारा, काठमाडौं

104.00

180.00

१०

अलफ्ट होटल, ठमेल

110.00

180.00

११

होटल सेन्चुरियन, विराटनगर

108.00

177.00

१२

होटल ल्याण्डमार्क, पोखरा

80.00

160.00

१३

भिभान्ता ताज होटल, झम्सिखेल ललितपुर

110.00

160.00

१४

गुप्ता होटल, रुपन्देही

120.00

160.00

१५

होटल पवन प्यालेस, लुम्बिनी

110.00

150.00

१६

सिद्धार्थ इन्टरनेश्नल होटल,रुपन्देही

81.00

132.00

१७

होटल मेची क्राउन, धुलाबारी, झापज

100.00

120.00

१८

गौतमबुद्ध इन्टरनेश्नल होटल, रुपन्देही

80.00

120.00

१९

मिराकल होटल, रुपन्देही

80.00

100.00

२०

रुबस होटल, धनगढी

82.00

100.00

२१

होटल फ्रेण्ड्स फार्म, नगरकोट

60.00

100.00

२२

गोदावरी फरेष्ट होटल, गोदावरी, ललितपुर

60.00

100.00

२३

होटल मार्वल, धनगढी

82.00

88.00

२४

होटल माउन्ट हिल्टन, पाँचखाल, काभ्रेपलाचोक

47.00

88.00

२५

बर्णबास म्युजियम होटल, गैह्रिधारा, काठमाडौं

51.00

88.00

२६

होटल डायमोण्ड प्यालेस, महेन्द्रनगर

70.00

88.00

२७

द ग्राण्ड प्रिन्स होटल, बिर्तामोड, झापा

<span style="lin